२० बैशाख २०८३, आइतबार | May 3, 2026

ऐतिहासिक गोरखा दरबार अलपत्र



गोरखा । ऐतिहासिक गोरखा दरबार पुनर्निर्माणको काम तीन वर्षदेखि अलपत्र छ ।

दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने गरी पचली शिवाको जेभीले ०७४ सालको कात्तिकमा ठेक्का सम्झौता गरेकामा तीन पटकसम्म म्याद समाप्त हुँदा पनि जम्मा ६५ प्रतिशत मात्र प्रगति भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिए ।

वि सं १६८६ सालमा निर्माण भएको प्राचीन, पुरातात्विक, ऐतिहासिक गोरखा दरबार २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । उक्त दरबार ४ करोड ३७ लाख रुपैयाँलागतमा पुनर्निर्माण गर्न पुरातत्व विभागले प्रक्रिया अघि बढाएको थियो ।

भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि प्राचीन दरबार पुनर्निर्माणमा ढिलाइ भएपछि स्थानीयवासी निर्माण कम्पनी र पुरातत्व विभागसँग आक्रोशित छन् ।

निर्धारित अवधिभित्र निर्माण पूरा नभएपछि एक वर्ष अघि गत जेठसम्मका लागि म्याद थपिएको थियो । जेठमा कार्यप्रगति नभएपछि मंसिर मसान्तभित्र सम्पन्न गर्न ६ महिनाको म्याद थप भएको हेरचाह अड्डाले जनाएको छ । ‘तर अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्र कार्य प्रगति भएको छ’, हेरचाह अड्डाका प्रमुख हरि भुसालले भने, ‘मंसिर मसान्तपछि भने म्याद थप भएको छैन ।’

अहिले गोरखा दरबारको दोस्रो तला निर्माणको काम भइरहेको छ । दरबारमा पुराना काठ तथा पुरानै झ्याल ढोका प्रयोग भएका छन् । नयाँ र पुराना काठबीच तालमेल नहुँदा पहिलेभन्दा सुन्दरतामा कमी देखिएको छ । कछुवा गतिमा भइरहेको गोरखा दरबार पुनर्निर्माणको कामप्रति सर्वसाधारण, सरोकारावाला, भक्तजन सबै असन्तुष्ट छन् ।

पुरानो कला कौशल, शाहवंशको इतिहास, गोरखाको धार्मिक सांस्कृतिक परम्परा झल्कने गरी निर्माण भएको गोरखा दरबार तत्कालीन राजा राम शाहको कार्यकालमा निर्माण भएको मानिन्छ । दरबारमा कलात्मक शैलीका झ्याल ढोका प्रयोग भएका छन् ।

नेपालको इतिहास अध्ययन गर्न दैनिक सयौं विद्यार्थी तथा अध्ययनकर्ता गोरखा आउने गर्छन् । तर पुनर्निर्माणको काम अलपत्र हुँदा दुःख लागेको यहाँ भ्रमण गर्न आएका बुद्धि जोगीको भनाइ छ । ‘गोरखा दरबार बनिसकेको छैन, गोरखकाली र गोरखनाथ मन्दिर दर्शन गर्नसमेत दरबार पुनर्निर्माणको कामले अल्झाउने गरेको छ भन्ने हल्लाले भक्तजन, पर्यटक आउने क्रम घटेको छ ।’ उनी भन्छन् ‘ठेकेदारको चरम लापरबाहीले दरबार अलपत्र बनेको हो ।’

गोरखकाली, गोरखनाथ मन्दिर आउँदा मन शान्त हुनुपर्नेमा दरबार पुनर्निर्माणले झन् पीडाबोध हुने अर्का स्थानीय मिलन राना बताउँछन् । मन्दिर परिसरमा भेटिएका रानाले भने, ‘यहाँको पुनर्निर्माण सुस्त छ । धेरै पहिलेदेखि दरबार पुनर्निर्माण पूरा नहुँदा वरपर निर्माण सामग्री यत्रतत्र छरिएका अलपत्र छन् ।

हिँड्न पनि समस्या छ। यसरी काम नगर्नेलाई सबै पक्षले दबाब दिने र कारबाहीको दायरामा ल्याउने हो भने काम छिटो हुन्थ्यो कि ’ उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ७ : २८ बजे

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको