२ पुस २०८२, बुधबार | December 18, 2025

नेपालले एकदिवसीयकाे मान्यता पाउला ? हेर्नुस् पाँच सम्भावना यस्ता छन्



आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता जारी छ ।

नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन् । यस्तै प्रतियोगिताबाट उत्कृष्ट-३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछन् ।

समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन् । समूह बी मा नेपालसहित हङकङ, अपगानिस्तान, जिम्बाम्बे र स्कटल्याण्ड छन् ।

दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन् । सुपर सिक्समा लिग खेल हुनेछन् । शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन् ।

नेपालको सम्भावना

  • समूहमा कम्तिमा तेस्रो स्थानमा रहँदै सुपर सिक्समा प्रवेश गर्दा नेपालले सोझै वानडे मान्यता पाउँछ।
  • यदि नेपाल पुपर सिक्समा पुगेन भने हङकङभन्दा माथि रहेर समूह चरणको खेल टुङ्गाउनुपर्छ।
  • यदि पपुवा न्यूगिनी अर्को समूहको अन्तिममा भए नेपालले स्वतः एक दिवसीय मान्यता पाउनेछ।
  • यदि पपुवा न्यूगिनि समूहमा चौथो भएमा नेपालले पपुवा न्युगिनीलाई सातौ स्थानको खेलमा हराउनुपर्नेछ।
  • यदि नेपाल सुपर सिक्समा प्रवेश नगरेर हङकङ भन्दा पनि तल भएमा अफगानिस्तानभन्दा माथि रहने र अर्को समूहबाट वेष्टइन्डिज, आयरल्याण्ड र नेदरल्याण्ड सुपर सिक्समा पुगे। सातौ स्थानको खेलमा युएईलाई हराउनुपर्छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ७ : ०३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल