२० मंसिर २०८२, शनिबार | December 6, 2025

जनतामा जाँदा सरकारले गरेको कामको ‘फियरिस्त’ लिएर जान्छौँ : गोकुल बाँस्कोटा



काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने जिकिर गरेका छन् ।

उनले राष्ट्रिय युवा सङ्घ नेपाल धुलिखेल नगर कमिटीद्वारा नेकपा केन्द्रीय कमिटी तथा अनेरास्ववियु केन्द्रीय कमिटीमा जिल्लाबाट मनोनीतलाई सम्मानार्थ आज आयोजित कार्यक्रममा निर्वाचन नसर्ने उल्लेख गर्दै निर्वाचनमा को कहाँ भन्ने हैसियत जनताले निर्धारण गरिदिने बताए ।

“निर्वाचन कुनै पनि हालतमा सर्दैन, निर्वाचनमा जनताले मतद्वारा जहाँ राख्छन् हामी त्यही बस्न तयार छौँ”, बाँस्कोटाले भने, “हामी जित्नका निम्ति कुनै हर्कत गर्दैनौँ, देशका निम्ति कुन नेता चाहिन्छ जनताले आफैँले फैसला गर्नेछन् ।” उनले संविधानको धारा-८५ मा संसद् विघटनको अधिकार रहेको जिकिर गर्दै यसबारे निर्वाचनमा जान नचाहनेले जनतामा भ्रमण फैलाइरहेको बताए । उनले भने, “संविधानमा संसद् विघटन नभएको खण्डमा सरकारको अवधि पाँच वर्षको रहनेछ भन्ने उल्लेख गरिएको छँदाछँदै चुनावमा जान नचाहनेले जनतामा भ्रम छरेका हुन्, यो भ्रम बिस्तारै चिरिनेछ ।”

उनले निर्वाचनमा जनताको घरदैलोमा जाँदा सरकारले गरेको कामको ‘फियरिस्त’ लिएर जाने बताए । “फियरिस्तले वर्तमान सरकारले कुनै काम गरेन भनेर आलोचना गर्नेको मुख बन्द हुन्छ”, उनले भने, “नीति, सिद्धान्तमा प्रतिस्पर्धा नगरी पदको निम्ति पार्टीभित्र झगडा गर्नेले झैँ हामी पदका निम्ति जनतालाई बलिदानी दिने विचारक हैनौँ ।” हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा निर्माणको चरणमा रहेको उनले बताए ।

कार्यक्रममा जिल्लाबाट नेकपा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने १२ र अनेरास्ववियु केन्द्रीय कमिटीमा मनोनीत १५ जनालाई सम्मान गरिएको थियो ।

सो अवसरमा नेकपा केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, नेकपा केन्द्रीय सदस्य एवं जिल्लाध्यक्ष अशोक ब्याञ्जू, नेकपा केन्द्रीय सदस्य रीता ढकाल, युवा सङ्घ नेपालका जिल्ला अध्यक्ष विक्रम चौलागाईंलगायतले मनोनीत नेतालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । रासस

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ५ : ३७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल