३ चैत्र २०८२, मंगलबार | March 17, 2026

गणेशधाममा तलाउ निर्माण गरिँदै



भरतपुर । कोरोनाका कारणले रोकिएको गणेशधाम निर्माणले गति लिनथालेको छ ।

धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको धाममा तलाउ र मन्दिरको जिर्णोद्धार धमाधम गर्न लागिएको हो । तलाउको बाँध निर्माणका लागि वाग्मती प्रदेश सरकारले रु पाँच करोड ७५ लाखको बोलपत्र आह्वान गरेको छ ।

भरतपुर महानगरपालिका-११ स्थित गणेशस्थान मन्दिर क्षेत्रलाई गणेशधामका रूपमा विकास गर्न दुई वर्ष अघिबाट काम शुरु गरिएको थियो ।
गणेशस्थान संरक्षण सम्बद्र्धन समितिका संरक्षक एवं प्रदेशसभा सदस्य विजय सुवेदीले पुण्यावती तलाउ बाँधको काम प्रदेश सरकारको बजेटमा करिब डेढ वर्षमा सम्पन्न हुने बताए ।

उनले यो योजना भरतपुरको गौरवको योजनासमेत भएको बताए । गणेशस्थान संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष दिनेश चुकेले धामको गुरुयोजनाअनुसार अहिले गणेशधाम परिसरमा कैलाश पर्वत बनाउने, तलाउको वरिपरि ‘आइल्याण्ड’ बनाउने लगायतका कामहरु शुरु भएको जानकारी दिए । उनले भने, ‘कोरोनाका कारण केही काम ढिला भए पनि अहिले कामले गति लिएको छ ।’ गत चैतदेखि जेठसम्म धाममा खासै काम नभए पनि असारबाट तलाउको वरिपरि ७० वटा बेञ्च राखेर कामलाई गति दिने प्रयास गरिएको उनले बताए ।

दुई दशमलव ४३ हेक्टर क्षेत्रफलमा रहेको मन्दिरलाई धाम निर्माण गर्न थप ३० हेक्टर क्षेत्रफल विस्तार गरेर पूर्वाधार निर्माण भइरहेको छ । गणेशस्थान क्षेत्र विकासका लागि बनाइएको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) अनुसार रु ८० करोड रुपैयाँमा गणेशधाम तयार गरिने योजना छ ।

महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलमध्ये एक गणेशस्थानमा रहेको पौराणिक इनार पाल्पाका राजा मणिमुकुन्द सेनको पालामा बनेको विश्वास गरिन्छ । विसं २०१४ मा रूखमुनि फेला पारिएको गणेशको अर्धकद मूर्ति स्थापना गरेर मन्दिर निर्माण गरिएको बताइन्छ ।

मन्दिर परिसरमा सरस्वती, मनकामना, सन्तोषी, विश्वकर्मालगायतका मन्दिर छन् । धामका रूपमा विकास गर्न ३० फिट अग्लो गणेश मूर्ति, जलविनायक, शिव-पार्वती, कुमारको मूर्तिसमेत बनाउने गरी डिपिआर बनेको थियो । यसैगरी धाम क्षेत्रमा व्यवस्थित पार्किङ, पिकनिक स्पट, बोटानिकल गार्डेन, धर्मशालालगायत निर्माण हुने योजना छ ।

धाममा योगा तथा धार्मिक कार्यक्रम सञ्चालन गर्न हल पनि निर्माण हुनेछ । गणेशस्थानदेखि देवघाटको दूरी पाँच किलोमिटर छ । धामका रूपमा विकास गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने संरक्षण समितिको विश्वास छ । मन्दिर परिसर आडैमा पुण्यावती खोला छ । ऐतिहासिक महत्वको गणेशस्थान पछाडिका वन क्षेत्रलाई समेटेर बनाउन थालिएको धाम धार्मिक क्रियाकलापका लागि मात्र नभई जिल्लाकै पर्यटक स्थल बन्ने संरक्षण तथा सम्बद्र्धन समितिको विश्वास छ ।

पच्चीस बिघा क्षेत्रफलमा बन्ने तलाउ पुण्यावती खोलाको पानी बाँध बाँधेर बनाउन लागिएको हो । तलाउ वरपर हिँड्न र साइकल चलाउन मिल्ने बाटो पनि निर्माण हुँदैछ । केन्द्रीय तथा प्रदेश सरकार, स्थानीय तह, सङ्घसंस्था तथा व्यक्तिगत सहयोग सङ्कलन गरी पाँच वर्षभित्र धाम निर्माण गरिसक्ने लक्ष्य थियो । पाँच वर्षमा दुई वर्ष बितिसकेको छ । गणेशधाम संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष चुकेले कुनै अवरोध नभएमा अबको तीन वर्षमा धाम निर्माणको सम्पूर्ण काम सकिने बताए ।

मूर्ति चोरेको अभियोगमा तीन पक्राउ

मूर्ति चोरेको अभियोगमा चितवनको रत्न नगरनगरपालिकाबाट वडा सदस्यसहित तीन जना पक्राउ परेका छन् । सत्ताइस किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका-१२ का वडा सदस्य ठूलोकान्छा तामाङ, रत्ननगर-१२ कै सुरज तामाङ र रत्ननगर-११ का रोजबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो । पुस १६ गते पक्राउ परेका उनीहरुलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

उनीहरुले रत्ननगर-१२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाएर राखिएको अवस्थामा अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको पित्तलको मूर्ति बरामद भएको इलाका टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए ।

उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । दोषी ठहर भए उनीहरुलाई पाँचदेखि १५ वर्षसम्म कैद हुनसक्ने कार्कीले जानकारी दिए । रासस

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ४३ बजे

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना