३ पुस २०८२, बिहिबार | December 18, 2025

कर्णालीमा २ मन्त्री सहित १ सांसद ओली छाडेर प्रचण्ड-नेपाल तर्फ



सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा बिग्रह आएसँगै पार्टीका नेता कार्यकर्ताहरु तानातान् तिब्र बनेको छ । विशेषगरि प्रदेश साँसद र संघिय सांसदहरु हरेक दिन कित्ता परिवर्तन गरेका समाचारहरु प्राप्त भईरहेका छन् । कर्णाली प्रदेशका दुई मन्त्री र एक सांसदले पनि प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपा त्याग गर्दै प्रचण्ड-नेपाल पक्षमा सहभागी भएका छन् ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सांसद पदमबहादुर रोकाय ओली पक्ष त्यागेर प्रचण्ड–नेपाल पक्षको नेकपामा सामेल भएका हुन्।

दुई मन्त्री र एक सांसदले छाडेपछि कर्णाली प्रदेशमा ओली पक्षलाई ठूलो धक्का लागेको छ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुई मन्त्री र एक सांसद आफ्नो पक्षमा आएको दावी पुष्टि गरे । कर्णालीमा नेकपाको ३३ सदस्यीय संसदीय समितिमा ओली पक्षमा जम्मा ११ जना सांसद रहेका छन् भने प्रचण्ड नेपाल समूहमा २२ जना पुगेका छन्।

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाही माथि ओली पक्षीइ सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएपछि नै नेकपामा विग्रहले उत्कर्षको स्वरुप ग्रहण गरेको थियो ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ४ : ४३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका