१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

रुपन्देहीको कञ्चनमा एक सय भन्दा बढि कांग्रेसमा प्रवेश, कम्युनिष्टहरु सत्ता संचालनमा असफल : लेखा समिति सभापती शाह



बुटवल । रुपन्देहीको कञ्चन गाउपालिका वडा न ३ मा विभिन्न पार्टिका १ सय भन्दा बढि कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनिहरुलाई एक समारोहका बिच नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापती भरत कुमार शाहले पार्टि प्रवेश गराएका हुन् ।

स्थानिय वडा सभापती थम्मन थापाको अध्यक्षतमा भएको पार्टि प्रवेश कार्यक्रममा वोल्दै कांग्रेस नेता शाहले आपसमा लडेर देशलाई खाडलमा हाल्ने कम्युनिष्टहरुले जनताको विश्वास गुमाएको बताए ।

उनले जनताले ५ वर्षका लागि दिएको जनमतको अपमान गरेका कारण उनिहरु अब जनताको प्रतिनिधि वन्नै नसक्ने जिकिर गरे । सो क्षेत्रका जनप्रतिनिधि समेत रहेका शाहले अब नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बन्ने दावी गर्दै कम्युनिष्टहरु भ्रष्टाचार र कुशासनमा लिप्त रहेको टिप्पणी गरे ।

सो अवसरमा नेपाली कांग्रेस रुपन्देहीका उपसभापती फडिन्द्र शर्माले असंवैधानिक कदम चालेर अहिलेको सरकारले संविधानमाथी प्रहार गरेको बताए । त्यस्तै नेपाली कांग्रेसका प्रदेश सभाका प्रमुख सचेतक फकरुद्धिन खानले कम्युनिष्टहरुको स्वयच्क्षाचारी प्रकृतिको भण्डाफोर गर्नु पर्ने बताए ।

कांग्रेसका युवा नेता तथा सो क्षेत्रका प्रदेश सभाका प्रत्यासी विष्णु पोख्र्रेलले प्रतिगामी ओली नेतृत्वको सरकारसंग अब सरकारमा वसिरहन कुनै नैतिक र संवैधानिक अधिकार नरहेको बताए ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ७ : ०१ बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा