२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

नयाँ जातको उखुखेतीतर्फ आकर्षण



पर्सा । अघिल्लो आर्थिक वर्षसम्म रौतहटका किसानले परम्परागतरुपमा उखुखेती गरे पनि यसले परिश्रमअनुसारको प्रतिफल दिन नसक्दा यसपालिदेखि यहाँका किसानले पहिलोपटक कोजा ८५, सिओजिरो २३८ र २३९ जातका नयाँ उखुखेती गर्नेतर्फ आकर्षित भएका छन् ।

रौतहटको पश्चिमी भेगमा रहेका कटहरिया, फतुवा, विजयपुर र गुजरा नगरपालिकाका किसान बढी उत्पादन लिन यस वर्षदेखि नयाँ जातका उखुखेती गर्न थालेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।

थोरै मिहिनेत तथा कम लगानीमा बढी उत्पादन दिने सो जातका उखु लगाउँदा दोब्बर उत्पादन हुने भएपछि यहाँका किसान उक्त प्रजातिका उखुखेती गर्न थालेको उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।

उक्त जातका उखु लगाउँदा प्रतिकट्ठा ६० क्विन्टलसम्म उखु उत्पादन हुने भएपछि यहाँका किसान कोजा ८५ जातको उखुखेती गर्न थालेका हुन् । भारतको पञ्जाबबाट कोजा ८५ जातको उखुको बीउ ल्याएर यहाँका किसानले पहिलोपटक उखुखेती गर्न थालेको किसान विजय पण्डितको भनाइ छ ।

यसैगरी भारतबाटै ल्याइएको सिओजिरो ३३८ र २३९ जातका उखुखेती अन्य किसानले पनि गर्न थालेका छन् । सिओजिरो ३३८ र २३९ जातका उखुप्रति कट्ठा ५० देखि ६० क्विन्टलसम्म उत्पादन हुने गरेको विज्ञहरुको भनाइ छ ।

रौतहटमा यस वर्षदेखि कोजा ८५ जातको उखु छ बिघा क्षेत्रफलमा र सिआजिरो २३८ र २३९ जातको उखु चार बिघा क्षेत्रफलमा लगाइएको बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज डुमरियाका सञ्चालक बैजु बाबराले बताए ।

अन्य जातका उखुको खेती गर्दा किसानलाई बढी लागत लाग्ने र प्रतिफलसमेत आउन नसक्ने भएकाले किसाले बढी उत्पादन दिने उखुखेती गरेका छन् ।

उक्त नयाँ जातका उखुखेती गर्दा एक बिघामा रु एक लाखमात्र खर्च हुने तर प्रतिबिघा सात लाख १२ हजार क्विन्टल उखु उत्पादन हुने भएकाले यस वर्षदेखि किसानले नयाँ जातको उखुखेती गर्न थालेको बताइएको छ । रासस

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : ५१ बजे

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर