१ आश्विन २०८३, बिहिबार | September 17, 2026

मोदी गाउँपालिकाले आफ्नै लोगो बनायो



पर्वत । मोदी गाउँपालिकाले आफ्नै लोगो तयार गरेको छ । गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार गरिएको छ ।

झट्ट हेर्दा गण्डकी प्रदेश सरकारको जस्तो देखिने उक्त लोगोमा गाउँपालिकाका सबै पहिचानलाई अटाइएको छ ।

लोगोमा नेपालको झण्डा, मोदी गाउँपालिकाको प्रमुख उत्पादन धानका बाला, गाउँपालिकाका विभिन्न जङ्गलमा पाइने आठ वटा गुँरास, प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे जस्तो देखिने पहाड र विभिन्न जडीबुटी पाइने जङ्गलसमेत लोगोमा रहेको छ ।

त्यसैगरी गाउँपालिकाभित्र पाइने विभिन्न पक्षीको तस्वीर पनि लोगोमा रहेको छ भने गाउँपालिकाभित्र रहेका घरवास, झरनासमेत राखिएको छ । मोदी गाउँपालिकामा साना ठूला गरी ५० भन्दा बढी झरना छन् ।

त्यसैगरी लोगोको मध्य भागमा केरा र सुन्तलाका बोट राखिएको छ भने मोदी गाउँपालिकाको बीचमा बगिरहेको नदीको रूपमा रहेको मोदीखोलाको तस्वीर पनि अटाइएको छ । मोदी खोलामा आधा दर्जनको हाराहारीमा विद्युत् उत्पादनगृह सञ्चालन भइरहेका छन् ।

त्यसैगरी मोदी खोला वारपार गर्न बनाइएका झोलुङ्गे पुलसमेत राखिएको छ । कृषि, पर्यटन, जलस्रोत र स्थानीय कला संस्कृति नै मोदी गाउँपालिकाको मुख्य पहिचान र विशेषता भएकाले ती सबै कुरालाई लोगोमा समावेश गरिएको निर्माणकर्ता कृष्णप्रसाद शर्माले जानकारी दिए ।

गाउँपालिकाले सूचना जारी गरी गाउँपालिकाको पहिचान झल्कने लोगो बनाएर पेश गर्न आह्वान गरेपछि सात वटा निवेदन परेकोमा वडा नं ७ राम्जा देउरालीका कृष्णप्रसाद शर्माले बनाएको लोगो उत्कृष्ट ठहरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार यही पुस १४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त लोगोलाई मोदी गाउँपालिकाको आधिकारिक लोगोको रूपमा प्रयोग गर्ने निर्णयसमेत गरेको क्षेत्रीले जानकारी दिए ।

पर्वतका सात स्थानीय तहमध्ये पहिलोपटक मोदी गाउँपालिकाले लोगो तयार गरेको हो । अन्य छ वटा नगरपालिकाले पनि प्रदेश र सङ्घीय सरकारकै लोगो प्रयोग गर्दै आइरहेका छन् । रासस

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : ३१ बजे

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति