५ चैत्र २०८२, बिहिबार | March 20, 2026

त्रिभुवन विमानस्थलमा अत्याधुनिक पेस्तोल सहित १ जना पक्राउ



काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले एकजनालाई स्वचालित पेस्तोल सहित पक्राउ गरेको छ । काठमाडौंबाट झापाको भद्रपुर जानलागेका एक जनालाई आधुनिक पेस्तोल र त्यसमा लाग्ने गोली सहित त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थल सुरक्षामा खटिएका प्रहरीले ५० राउन्ड गोली र पेस्तोलसहित वृजहाङ राईलाई विमानस्थलबाटै पक्राउ गरेको जनाएको छ ।

२० वर्षीय राई मध्याह्न १२ः३५ को उडानमा भद्रपुर जानलागेकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार विमानस्थलमा चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएपछि थप अनुन्धान र खानतलासी गर्दा ५० राउन्ड गोलीसहित पेस्तोल बरामद भएको थियो।

पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको छ । राईमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १ : ५५ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको