२६ असार २०८३, शुक्रबार | July 10, 2026

गर्मी मौसमका अप्ठ्यारा



गर्मी मौसमको सुरुवात भइसकेको छ । गर्मी मौसममा मानिसमा विभिन्न समस्या देखिन सक्छ । विशेषगरी गर्मीले छाला डढाउने गर्छ । यस्तो मौसममा सजगता नअपनाएको खण्डमा छालासम्बन्धी विभिन्न समस्याबाट ग्रसित हुनुपर्छ । गर्मी मौसममा देखिने समस्याबाट छाला विशेषज्ञजेबिना लामाले बताएकी छिन् :

घमौरा
गर्मी मौसममा जोकोहीको शरीरबाट पनि पसिना बग्ने गर्छ । यस्तो वेला सचेत नभए घमौराको समस्या निम्तिन सक्छ । त्यसैले गर्मी मौसममा सकेसम्म सुतीको कपडा प्रयोग गर्नुपर्ने हुन्छ । किनकि, छालाबाट निस्किने पसिना भित्रै गुम्सने अवस्थामा घमौराको समस्या निम्तिन्छ ।

फंगल इन्फेक्सन
गर्मी मौसममा देखिने अर्को समस्या हो, फंगल इन्फेक्सन । गर्मी मौसममा भागदौड गर्दा शरीरबाट पसिना बग्ने गर्छ ।

यदि पसिना सफा नगरेको, नियमित ननुहाएको, कपडा परिवर्तन नगरेको अवस्थामा पसिना शरीरमै सुक्छ र फंगल इन्फेक्सन हुने सम्भावना अत्यधिक हुन्छ । फंगल इन्फेक्सन दुई प्रकारका हुन्छन् ।

एउटालाई फुस्रो दुबी भन्छौँ, जुन प्रायः छाती, घाँटीलगायतका ठाउँमा देखिन्छ । पसिना भित्रै गुम्सिएको अवस्थामा यस्तो समस्या निम्तिने गर्छ ।

अर्कोचाहिँ छालामा स–साना डल्लो नै देखिने हुन्छ, जुन काखी, शरीर र खुट्टाको छालामा देखिन्छ ।

छालामा समस्या
धेरै मानिसको गर्मी मौसममा पानीको प्रयोग गर्ने बानी हुन्छ । कहिलेकाहीँ स्विमिङ पुलमा पौडी खेल्न पनि पुग्ने गरिन्छ । यसरी स्विमिङ पुलमा जाँदा विचार पु-याउन आवश्यक हुन्छ ।

नत्र, विभिन्न प्रकारका छालासम्बन्धी रोग पनि लाग्न सक्छ । स्विमिङ पुलमा क्लोरिन प्रयोग गरिएको हुन्छ ।

जसले कपालको रङ परिवर्तन गर्ने, छाला ड्यामेज हुनेलगायतका समस्या देखिन सक्छ । त्यसैले, पौडीपछि सफा पानीले नुहाउन अनिवार्य हुन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार  ९ : २२ बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा