१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रतिनिधि सभा विघटनको मुद्दा माथिको अर्को सुनुवाइ पुष २९ गते हुने



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटहरुमाथिको अर्को सुनुवाई अर्को बुधबार हुनेभएको छ ।

प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउँदो बुधबार हुने भएको छ।

प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको इजलासले अर्को सुनुवाई पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो।

आजबाट सुरु भएको सुनुवाईका क्रममा रिट निवेकदकका तर्फबाट बहसमा भाग लिँदै वकिलहरुले महत्वपूर्ण मुद्दालाई पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका थिए ।

उनीहरुले संवैधानिक इजलासबाट राष्ट्रिय महत्वको यो विषयमा राम्रोसँग निरुपण हुन नसक्ने जिकिर गर्दै यसअघिको सर्वोच्च अदालतकै नजिरलाई समेत ध्यानमा राख्दै वृहत पूर्ण इजलासमा पठाउनुपर्ने बताएका थिए ।

तर, आगामी बुधरबार पुनः संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुनेछ । सोही दिनको इजलासले मुद्दालाई पूर्ण इजलासमा पठाउने या आफैले अघि बढाउने भन्ने बारेमा निर्णय गर्नेछ ।

संवैधानिक इजलासबाट न्यायाधीस हरिकृष्ण कार्की भने बाहिरिइसकेका छन् । अबको इजलासमा कार्कीको स्थानमा प्रधानन्यायाधीस राणाले अर्को एक न्यायाधीस चयन गर्नेछन् ।

आजको इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमन श्रेष्ठ लगायतले न्यायाधीस कार्कीको इमानमाथि शंका नगरेपनि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको मुद्दा कार्कीले हेर्न नमिल्ने जिकिर गरेका थिए ।

वकिलहरुले इजलासमा बस्ने नबस्ने निर्णय न्यायाधीस कार्की स्वयंले गर्नुपर्ने बताएका थिए । त्यसपछि कार्की इजसालमा नबस्ने घोषणा गर्दै बाहिरिएका थिए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ३ : ३८ बजे

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि