१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवलको मुख्य व्यवसायिक केन्द्रकै व्यवसायीको व्यवसाय सरकारी निकायमा दर्ता छैन



बुटवल । बुटवल उपमहानगरको मुख्य बजार संगमपथकै व्यवसायीहरुले व्यवसाय गर्न आवश्यक प्रक्रिया पुरा नगरी व्यवसाय संचालन गरेको पाईएको छ ।

उपहमाहानगरको नजिकै पर्ने संगमपथका अधिकांस व्यवसायीहरुले पसलको साइन बोर्ड नराखेको, पसलमा मुल्य सुचि नभेटिएको, व्यबसाय नविकरण नगरीएको, इलेक्ट्रिक तौल मेसिन नबिकरण नभएको नापतौल विभागबाट स्वीकृत नगरी कपडा नाप्ने मिटर प्रयोग गरीएको पाईएको छ । उपमहानगरले नियमित अनुगमन नगर्दा व्यवसायीहरुमा काननी प्रक्रिया पुरा नगरि ब्यापार व्यवसाय गर्ने गरेका हुन् ।

उपमहानगरका अनुगमन शाखा प्रमुख बरिष्ठ अधिकृत टोपलाल शर्माका अनुसार अनुगमनका क्रममा व्यापारीले पसलको साइन बोर्ड नराखिएको, पसलमा मुल्य सुचि नभेटिएको व्यवसाय नविकरण नगरीएको, इलेक्ट्रिक तौल मेसिन नवीकरण नभएको नापतौल विभागबाट स्वीकृत नगरी कपडा नाप्ने मिटर प्रयोग गरीएको भटिएपछि आवश्यक कागज पत्र सहित उपनगरपालिकामा उपस्थित हुन गर्न निर्देशन दिइएको छ ।

बुटवल उपमहानगरपालिकाका बजार अनुगमन समितिका संयोजक तथा उपमेयर गोमादेवी आचार्यले उपमहानगरपालिकाले चाडपर्वको समयमा मात्र नभएर अन्य समयमा पनि बजार अनुगमलाई निरन्तरता दिन आवश्यक देखिएको बताइन ।

स्थानीय बजार अनुगमन तथा व्यवसाय दर्ताको अधिकार राज्यको नयाँ संरचना अनुसार स्थानीइ सरकारलाई आएपनि आफुलाई आएको अधिकारको प्रयोगमा स्थानीय तहले आनाकानी गर्दा बजारमा दण्डहिनता बढ्न सक्ने व्यवसायीहरुले बताएका छन् ।

उपप्रमुख आचार्यसँगै गुणस्तर तथा नापतौल कार्यालयबाट रमेश पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, इलाका प्रहरी कार्यालय बुटवलका प्रतिनिधि लगायतले अनुगमन गरेका थिए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ४ : २३ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर