२९ बैशाख २०८१, शनिबार | May 11, 2024

उन्मादी शासक ट्रम्पका समर्थकले मच्चाए अमेरिकी संसदमा ताण्डव, अहिलेसम्म ४ जनाको मृत्यु



अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा अहिलेसम्म मृत्यु हुनेको संख्या चार पुगेको छ । मृतक चारमध्ये एक जना महिला भएको प्रहरीले जनाएको छ ।

अमेरिकी संसदमा राष्ट्रपति पदमा विजयी जो बायडनको विजयी भएको मतको अधिकारिकता जाँच भैरहेको बेलामा ट्रम्पका समर्थकहरुले गएरातिदेखि नै संसदमा आक्रमण गरेका थिए । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको इलेक्टोर कलेज मतको अन्तिम परिणाम सार्वजनिक गर्न कंग्रेसको बैठक बसिरहेको थियो ।

ट्रम्प समर्थकहरुले सुरक्षा घेरा तोडेर संसद भवन ‘क्यापिटल बिल्डिङ’भित्र पसेका थिए। उनीहरु इँटा, बोतल र बन्दुक बोकेर संसद भवनभित्र छिरेका थिए।

संसद बैठक कक्षमै आक्रमण भएपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको थिए । त्यसक्रममा पुलिसको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने अन्य तीन जनाको ‘मेडिकल इमरजेंसी’ का कारण मृत्यु भएको थियो । हिंसाको क्रममा मारिएकी महिलाको प्रहरीले सनाखत गरेको छ । उनी सान डियगोकी बासिन्दा एशली बैबिट भएको प्रहरीले जनाएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार उनी यूएस एयर फोर्समा काम गरेकी थिइन । संसद भवन ‘क्यापिटल बिल्डिङ’ मा घुस्दै गर्दा उनलाई गोली लागेको थियो ।

हिंसा फैलाउन सक्रिय ५२ जनालाई प्रहरीले वासिङ्गटनबाट गिरफ्तार गरेको छ । जसमध्ये ४७ जना कर्फु तोडेको अभियोगमा समातिएका हुन् ।

सुरक्षाकर्मीले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन्। हिंसा फैलिँदै गएपछि वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि संकटकाल लगाएका छन्।

केही दिनमै सत्ताबाट बाहिरिँदै गरेका ट्रम्पले हिंसालाई प्रश्रय दिने खालका ट्वीटहरु गरेपछि ट्वीटरले ती ट्वीटहरुलाई हटाएको थियो । ट्रम्पले फेरि पनि त्यस्ता ट्वीट गरेमा उनको आधिकारिक ट्वीटर ह्याण्डल सधैंका लागि बन्द गरिदिने ट्वीटरले चेतावनी दिएको थियो ।

 

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ११ : ५२ बजे

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौडा  । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

नेपाल भारत सीमा अन्तर्गत जमुनाहा नाका आज साँझबाट सिल

नेपालगन्ज । भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल–भारत

जेठ १ मा संसद्को संयुक्त बैठक, राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै