१५ असार २०८३, सोमबार | June 29, 2026

अल्पमतमा परेको थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो : वामदेव गौतम



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको कुनै गुटमा खुलेर नलागेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पमतमा परेको थाहा पाएपछि राजीनामा दिनुपर्नेमा त्यसो नगरेको बताएका छन् ।

राष्ट्रियसभाका सांसदसमेत रहेका गौतमले राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफु विरुद्ध अविश्वासको प्रस्ताव लगिँदै गरेको थाहा पाएपछि राजीनामा दिनुपर्नेमा नदिएर पार्टी एकतालाई संकटमा पारेको बताएका हुन् ।

गौतमले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएर ओलीले गल्ती गरेको बताए । गौतमले भने, ‘म प्रधानमन्त्री भएको भए, त्यो अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँ ।’

प्रधानमन्त्रीको कदम असंवैधानिक भएकै कारण आफुले तत्कालै असंवैधानिक भएको बताउँदै गौतमले अहिले आफु यसबारे चुप लागेको जनाए । अदालतमा मुद्दा परेका कारण नबोलेको उनले जिकिर गरे ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्दा आफुलाई नसोधेकोमा र प्रचण्ड–नेपालहरुले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा आफुलाई नसोधेकोमा दुःख लागेको भन्दै गौतमले दुवै पक्षसँग असन्तुष्टि जनाए ।

गौतम अहिले कुनै गुटमा छैनन् । तर आफु निकट नेताहरुसँग प्रचण्डका कारणले प्रधानमन्त्री बन्न नपाएको गुनासो गरिरहेका छन् ।
प्रचण्डलाई युद्धकालदेखि सघाएको बताउँदै गौतमले अहिले ओलीले प्रधानमन्त्रीको अफर दिँदा प्रचण्डले सहयोग नगरेको बताउने गरेका छन् ।

 

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  १ : ५९ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै