१५ असार २०८३, सोमबार | June 29, 2026

प्रधानमन्त्री हिटलर बन्न खोजे, प्रधानमन्त्री बन्ने सबै योग्यता ओलीले गुमाइसके : काँग्रेस सांसद रायमाझी



काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा सरकारको कडा आलोचना गरेका छन् ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएर हिटलर बन्न खोजेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई अस्वीकार गरेर हिटलर बन्न खोजेको बताए । रायमाझीले प्रश्न गरे, ‘संविधान प्रधानमन्त्रीले मान्नु नपर्ने रु अरु राजनीतिक दलले मात्र मानिदिनुपर्ने । ‘प्रधानमन्त्री को हो रु हिटलर हो यो मुलुकको रु उहाँले जे गर्नुहुन्छ त्यो मानिदिनुपर्ने रु’

सांसद रायमाझीले प्रधानमन्त्री ओलीले पदमा रहने आफ्नो योग्यता गुमाएको समेत टिप्पणी गरे । प्रतिनिधि सभा विघटन गर्ने काम गर्ने मानसिक स्वास्थ्य ठीक नभएको मान्छेले मात्रै गर्ने भन्दै उनले प्रधानमन्त्री ओलीले सबै योग्यता गुमाइसकेको बताएका हुन् ।

यसैगरी काँग्रेसकै सांसद उदया शर्माले सरकारले प्रतिनिधिसभा विघटन गरेर जनप्रतिनिधि संस्थाको अनादर गरेको आरोप लगाइन । सांसद शर्माले शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको बताउँदै सरकारलाई उक्त कदम फिर्ता लिन आग्रह गरिन ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  २ : १८ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै