१६ बैशाख २०८१, आइतबार | April 28, 2024

प्रधानमन्त्री हिटलर बन्न खोजे, प्रधानमन्त्री बन्ने सबै योग्यता ओलीले गुमाइसके : काँग्रेस सांसद रायमाझी



काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा सरकारको कडा आलोचना गरेका छन् ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएर हिटलर बन्न खोजेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई अस्वीकार गरेर हिटलर बन्न खोजेको बताए । रायमाझीले प्रश्न गरे, ‘संविधान प्रधानमन्त्रीले मान्नु नपर्ने रु अरु राजनीतिक दलले मात्र मानिदिनुपर्ने । ‘प्रधानमन्त्री को हो रु हिटलर हो यो मुलुकको रु उहाँले जे गर्नुहुन्छ त्यो मानिदिनुपर्ने रु’

सांसद रायमाझीले प्रधानमन्त्री ओलीले पदमा रहने आफ्नो योग्यता गुमाएको समेत टिप्पणी गरे । प्रतिनिधि सभा विघटन गर्ने काम गर्ने मानसिक स्वास्थ्य ठीक नभएको मान्छेले मात्रै गर्ने भन्दै उनले प्रधानमन्त्री ओलीले सबै योग्यता गुमाइसकेको बताएका हुन् ।

यसैगरी काँग्रेसकै सांसद उदया शर्माले सरकारले प्रतिनिधिसभा विघटन गरेर जनप्रतिनिधि संस्थाको अनादर गरेको आरोप लगाइन । सांसद शर्माले शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको बताउँदै सरकारलाई उक्त कदम फिर्ता लिन आग्रह गरिन ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  २ : १८ बजे

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश