नेकपा विभाजनको कारक ‘जबज’ हो की भनेर समीक्षा किन नगर्ने ?

नेकपा विभाजन एमाले–माओवादीको विभाजन नभएर तत्कालिन एमालेको विभाजन हो
शरण कर्माचार्य
२४ पुष २०७७, शुक्रबार

यतिबेला नेकपाको विवादउत्कर्षमा छ । कानुनी र राजनीतिकरुपमा पार्टीको औपचारिक विभाजन नभए पनि व्यवहारतः पार्टी अलग भईसकेको छ । जनसंगठनहरु अलग भैसकेकाछन्, कार्यालयहरु अलग भैसकेका छन्, बैठक, भेला सबै सबै अलग अलग भैसकेका छन् । समूह अलग भएसँगै एकले अर्का पक्षलाई निकै तल्लो दर्जामा उत्रिएर गालीगलौज गर्ने कुराले पनि निकै उँचाई पक्रेको छ । त्यसो त कम्युनिष्टहरु अलग भएपछि एकले अर्कोलाई गालीगर्ने नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ परम्परा होईन । पार्टी विभाजनको दिशामा पुग्दाएकले अर्को समूहलाई सकिन्छ विचारको नाममा, सकिन्न भौतिक आक्रमणसम्म गर्ने संस्कार यहाँका कम्युनिष्टहरुको पुरानो संस्कार हो । कम्युनिष्ट आन्दोलन भित्रका होनहार नेताहरु कमरेड रत्नकुमार वान्तवा, नेत्र अभागीको मृत्यु अन्तर विरोधकै शिकार हो भन्नेहरु पनि कम्युनिष्ट पार्टी भित्रै छन् । युद्धबाट आएका माओवादी भित्र त केन्द्रीयता अस्वीकार गरे वापत कैयौं व्यक्तिको हत्या भयो भने आन्तरिक श्रम जेलमा बसेर निर्मम यातना सहेका नेताहरु अहिले पनि राजनीतिमा सक्रिय नै छन् ।

यस अघि विभाजित हुँदा कम्युनिष्टहरुले गर्ने गालीगलौजको शैलीभने अलि फरक जस्तो देखिएको छ । पहिले पहिले पार्टी विभाजन हुँदा गरिने गालीमा सही गलत जे भएपनि अलिअलि सिद्धान्त मिसिने गर्दथ्यो । विभाजनको कारणमा नीतिबाट, सिद्धान्तबाट, पार्टी लाईनबाट र अनुशासनबाट स्खलीत भएको भन्दै एकले अर्कोलाई दोषारोपण गर्ने गरिन्थ्यो । गाली व्यक्तिभन्दा समूह वा पक्ष केन्द्रित हुने गर्दथ्यो । यो सिद्धान्त छाडेकाले, माक्र्सवादी विचार छाडेकाले, माओवाद नमानेकाले, पार्टीको विधानको पालना नभएकाले वा विदेशीको दलाल भएकाले, साम्राज्यवादीको एजेण्ट भएकाले, दरबारसँग मिलेकाले आदि आदि प्रकृतिका गाली विभाजनका केहि समयसम्म सुनिन्थ्यो ।

यस पटक भने अघिल्ला विभाजनहरुमा भन्दा केहि फरक प्रकृतिका गाली सुनिएको छ । नेकपा विभाजनमा यसपटक सुनिएको गाली सिद्धान्त, नीति र विचार भन्दा बढी व्यक्ति केन्द्रित रहेको सुनिन्छ । प्रधानमन्त्री केपी पक्षबाट आउने गालीहोस् वा प्रचण्ड–नेपालपक्षबाट आउने गाली । दुबै पक्षले एक अर्का समूहमा लागेका नेताहरुको नाम किटेर पद, शक्ति र पावरका लागि पार्टी विभाजन भएको आरोप लगाएको देखिन्छ । ओली पक्षबाट महाधिवेशन सम्म पनि कुर्न नसकेर, अर्को चुनाव सम्म पनि कुर्न नसकेर प्रचण्ड नेपालपक्षले पार्टी विभाजन गरेको भनिरहेका छन् भने प्रचण्ड नेपालपक्षले अल्पमतमा परे पछि पनि पद छाड्न नचाहेर, आजीवन प्रधानमन्त्री बन्न्ने आकाँक्षाबोकेर, आफु प्रधानन्त्री छाड्नु परे कुर्चि नै भाँचिदिने कुरा गरेको भन्दै ओली पक्षलाई दोषारोपण गरिरहेका छन् ।

यस पटकको गालीले नेकपा विभाजनको एउटा गहिरो सैद्धान्तिक बहस खोजेको देखिन्छ । के एउटा कम्युनिष्ट पार्टी पद, पावर र शक्तिका भरमामात्र चल्दछ ? के एउटा कम्युनिष्ट पार्टीमा नीति, सिद्धान्त भन्दा बढी व्यक्ति प्रधान हुन्छ ? के एउटा कम्युनिष्ट पार्टी व्यक्ति खराव भएका कारण विभाजित हुन सक्छ ? के एउटा कम्युनिष्ट पार्टी ब्यक्तिका लागि पार्टी नै विभाजित हुन तयार हुन सक्छ ? के एउटा कम्युनिष्ट पार्टी अमुक ब्यक्तिलाई पदमा पु-याउनकै लागि संगठित हुन्छ ? यस पटकको नेकपा विभाजनले एउटा कम्युनिष्ट पार्टीको उद्देश्यमाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ ।

के एउटा कम्युनिष्ट पार्टी पद, पावर र शक्तिका भरमामात्र चल्दछ ? के एउटा कम्युनिष्ट पार्टीमा नीति, सिद्धान्त भन्दा बढी व्यक्ति प्रधान हुन्छ ? के एउटा कम्युनिष्ट पार्टी व्यक्ति खराव भएका कारण विभाजित हुन सक्छ ? के एउटा कम्युनिष्ट पार्टी ब्यक्तिका लागि पार्टी नै विभाजित हुन तयार हुन सक्छ ? के एउटा कम्युनिष्ट पार्टी अमुक ब्यक्तिलाई पदमा पु-याउनकै लागि संगठित हुन्छ ? यस पटकको नेकपा विभाजनले एउटा कम्युनिष्ट पार्टीको उद्देश्यमाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ ।

एउटा अलि पुरानो घटना सम्झौं । २०४९ सालकै पेरिफेरीमा तत्कालिन नेकपा एमालेको पाँचौ महाधिवेशन नजिक आउँदै थियो । पार्टीका नेताहरु फरक फरक विचार बोकेर कार्यकर्ताका माझ बहस गर्दै थिए । तत्कालिन महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवादको राजनीतिक प्रस्ताव अगाडि सारेका थिए भने तत्कालिन एमाले नेता सिपी मैनालीले परिमार्जित नयाँ जनवाद र मोहनचन्द्र अधिकारीले परम्परागत नौलो जनवाद बोकेर बहसमा उत्रिएका थिए ।

नेपाली कम्युनिष्ट आन्दोलनमा तत्कालिन एमालेको चौथो महाधिवेशनबाट नयाँ जनवादलाई प्रसंगबस बहुदलीय जनवाद पनि भन्न सकिन्छ भन्दै भित्रिएको बहुदलीय जनवाद पाँचौमहाधिवेशमा जनताको बहुदलीय जनवादको नाममा रानीतिक प्रतिबेदन बन्यो र महाधिवेशनले बहुमतका साथ पारित ग¥यो । नेकपाको विभाजनको कुरा गरिरहंदा त्त्कालिन एमाले पाँचौं महाधिवेशनमा छलफल खुला गरेका बेला परिमार्जित नयाँ जनवादको फरकमतको दस्तावेज लिएर कार्यकर्ता सम्म पुग्दा वर्तमान नेकपा मालेका अध्यक्ष तथा तत्कालिन एमाले नेता सिपी मैनालीले गरेको टिप्पणीलाई स्मरण गर्नु आवश्यक छ । उनले त्यति बेला भनेका थिए, बहुदलीय जनवादले मुलतःदलाल पुजिबादको प्रतिनिधित्व गर्छ, बुर्जुवा चिन्तनबाट अभिप्रेरित बहुदलीय जनवाद पार्टीको लाईन बनेको अवस्थामा कम्युनिष्ट पार्टीमा अराजकता बढ्छ, संगठानिक पेचकिलाहरु खुकुलो बन्छन् र पार्टी विचारबाट स्खलित हुन्छ । दलाल पुँजीवादीहरुले प्रयोग गर्दै आएको संसदीय व्यवस्थाको नयाँ रुपका रुपमा बहुदलीय जनवाद आएको र यसले पार्टीलाई कम्युनिष्ट पार्टीबाट बुर्जवा पार्टीमा रुपान्तरित गर्दछ । सिपी मैनालीको दस्तावेजमा बहुदलीय जनवादलाई गरिएको टिप्पणी यस्तो थियो । २०४९ सालमा सिपी मैनालीले लगाएको आरोपलाई स्मरण गर्दा नेकपामा आएको विभाजन र विभाजन भित्रको अन्तरवस्तु खोज्दा पार्टीमा आएको विचलन, ब्यक्ति केन्द्रीत आरोप र बिधि, पद्धती र नीतिमा आएको स्खलन बहदुलिय जनवादसँगै भित्रिएको बिकृति त थिएन? सरोकारवालाले समिक्षागर्दा केहि फरक नपर्ला ।

त्यसो त मदन भण्डारीले प्रतिपादन गरेको भनिएको जबजमा एमालेले राज्यसत्तामा पुग्ने अवसर पायो भने राज्य सत्तालाई जनताको बहुदलीय जनवादको मोडेलमा संचालन गर्ने कुरा लेखिएको थियो । राज्यसंचालनका सवालमा जबजले लिएको नीति यस्तो थियो ।

राज्यव्यवस्था : 

– सामन्तवाद–दलाल नोकरशाहीपुँजीवाद र साम्राज्यवादको सत्ता तथा उनीहको शोषण उत्पीडन समाप्त पारिने छ । मजदूर किसान तथा सामन्तवाद साम्राज्यवाद विरोधी सम्पूर्ण जनवादी, देशभक्त तथा न्यायप्रेमी जनसमूदायको राज्यसत्ता कायम गरिने छ ।

– जनताको वहुदलीय जनवादी ब्यवस्थाको स्थापना गरिने छ । संविधानलाई सर्वोपरि राखेर राज्यका सबै अंगहरु संगठित र संचालित हुनेछन् ।

– नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र घोषणा गरिने छ ।

– शक्ति पृथकिकरणको सिद्धान्तका आधारमा संविधानले ब्यवस्थापिक, कार्यपालिका र न्यायपालिकाको ब्यवस्था गरेको छ । निर्वाचित ब्यवस्थापिका सभाले ऐन कानुनहरुको निर्माण गर्ने छ ।

– संविधानले मानवअधिकार र जनताको मौलिक प्रजातान्त्रिक अधिकारको ठोस प्रत्याभूती र सुरक्षागर्ने छ ।

– संविधान अनुरुप बहुलबादी खुल्ला समाज कायम गरिने छ ।

– संविधानको सर्वोच्चताको आधारमा लोक कल्याणकारी संवैधानिक राज्यव्यवस्थाको स्थापना गरिने छ ।

परम्परादेखि कम्युनिष्टहरुले मान्दै आएको विचार मिल्ने दल वा पक्षकाबीचमा गरिने प्रतिस्पर्धालाई खुल्लागर्दै बहुदलीय जनवादले दलाल पुँजीवादीहरुसँग र सामान्ती प्रतिगामीशक्तिहरुसँग पनि दलीय प्रतिस्पर्धा गर्ने गरि खुल्ला प्रतिस्पर्धाको सिद्धान्त अवलम्बन गरेदेखि नै पार्टी भित्रपनि रक्षात्मक अवस्थामा पुगेका नेपालका दलाल पुँजीवादी र सामन्तहरु पार्टीमा प्रवेश गरे । उनीहरुमा रहेको बुर्जुवा संस्कृति पार्टीमा स¥यो । पार्टीले कम्युनिष्ट विचारको रक्षागर्न सकेन । फलस्वरुप फार्टीमा बलियो गरि ब्यक्तिका नामका गुटहरु निर्माण भए, तिनै गुटको विकास क्रममा पार्टी विभाजन भयो भन्दा फरक पर्दैन ।

जनताको बहुदलीय जनवादलाई अंग्रेजीमा अनुवादगर्दा ‘मल्टी पार्टी डेमोक्रेसी’ हुन्छ । यहाँ डेमोक्रेसीको सट्टा प्रजातन्त्र, जनवाद, गणतन्त्र, जनतन्त्र जे पनि भन्न सकिन्छ । यी शब्दमा खासै भिन्नता छैन् ।

‘मल्टी पार्टी डेमोक्रेसी’ भनेको संसदीय पुँजीवादले प्रयोग गर्ने सिद्धान्त हो ।

त्यसकारण मदन भण्डारीद्वारा प्रतिपादित भनिएको यो जबज यथार्थमा कम्युनिष्ट आन्दोलनलाई औपचारिक रुपमा एउटा सिद्धान्तको जामा पहिराएर, शब्दको खेलबाड गरेर पुँजीवाद समक्ष गरिएको आत्मसर्मपण हो । पाँचौ माहाधिवेशनमा चलेको बहसमा बहुदलीय जनवाद बिरोधीहरुले बहुदलिय जनवादलाई लगाएको आरोप थियो यो ।

ओली पक्षबाट यो विभाजनलाई पूर्व एमाले र पूर्व माओवादीबीचको विभाजनको कलेभर दिन खोजे पनि मुलत यो पूर्व एमाले भित्रकै गुट विभाजन हो भन्दा फरक पर्दैन । जबजको सिद्धान्तका आधारमा २०४९ साल देखि चलेको ओली र नेपालबीचको सत्ता र शक्ति स्वार्थको गुटको पिलो २७ वर्ष पछि फुटेको छ । जबजले जन्माएको सांगठानिक अराजकता २७ वर्ष पछि बिस्फोट भएको छ र जबजले गराएको बैचारिक स्खलन २७ वर्षपछि सार्वजानिक भएको छ ।

तर नेकपा औपचारिक विभाजनको घोषणा नजिकै पुग्दा पनि नेकपा भित्र न त जनताको जनवाद भन्ने प्रचण्डहरुले यो बहस उठान गर्न सकेका छन् न त बहुदलीय जनवादमा जनताको शब्द थपेको मैले हो भनेर दाबीगर्ने माधव नेपालहरुले जबजको समीक्षागर्न तयार भएका छन् ।

ओली पक्षबाट यो विभाजनलाई पूर्व एमाले र पूर्व माओवादीबीचको विभाजनको कलेभर दिन खोजे पनि मुलत यो पूर्व एमाले भित्रकै गुट विभाजन हो भन्दा फरक पर्दैन । जबजको सिद्धान्तका आधारमा २०४९ साल देखि चलेको ओली र नेपालबीचको सत्ता र शक्ति स्वार्थको गुटको पिलो २७ वर्ष पछि फुटेको छ । जबजले जन्माएको सांगठानिक अराजकता २७ वर्ष पछि बिस्फोट भएको छ र जबजले गराएको बैचारिक स्खलन २७ वर्षपछि सार्वजानिक भएको छ ।

नेताहरुले एकले अर्को व्यक्तिलाई नाम किटेर जति गाली गरेपनि कम्युनिष्टहरु तव मात्र कमजोर हुन्छन् जव उनीहरु सिद्धान्तबाट स्खलित हुन्छन् । तब उनीहरुमा सत्ता र शक्तिमात्र सबै थोक हो भन्ने सोँचको विकास हुन्छ जव उनीहरुबाट सिद्धान्तको हत्या हुन्छ । पार्टीको निर्णय मान्दिन, कमिटीहरुको बैठकमा बस्दिन, बहुमतको निर्णय मान्दिन, सामुहिक नेतृत्व स्वीकार गर्दिन भन्ने सोँच जबजकै उच्चतम परिणाम हो । पुँजीवादी कलेभर त्यस्तो सोँच हो जुन सोँच अफिम भन्दा शक्तिशाली हुन्छ । आफुलाई ठिक छु भन्दाभन्दै,आफुले गल्ती गरेको छैन भन्दाभन्दै, आफु स्खलित भएको छैन भन्दाभन्दै आफुलाई बर्वाद बनाई दिन्छ । जसले जे भने पनि प्रधानमन्त्रीओलीमा आएको विचलनको दोष केपी ओली होईन जबजको ईमान्दार कार्यान्वयन हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*