१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड–नेपाल पक्षलाई १० सिट जितेर देखाउन प्रधानमन्त्री ओलीको चुनौती



धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रचण्ड नेपाल पक्षलाई आगामी निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले कैलालीको धनगढीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आगामी चुनावमा देशभरीबाट १० सिट जित्न चुनौती दिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा अब चुनावबाट बाहेक अन्यबाट आउन नसक्ने बताउँदै प्रतिनिधिसभा कानुनी, संवैधानिक र व्यवहारिक कुनै पनि हालतमा पुनर्स्थापना नहुने ठोकुवा गरे । उनले चुनाव बैशाख मै हुने बताउँदै चुनाव हुँदैन भन्ने कुराको विश्वास नगर्न आग्रह गरे ।

प्रचण्ड–नेपाल पक्षलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केहि पार्टी छाडेर गएका भगौडाहरुले जनतामा भ्रम छर्ने कोशिश गरेका छन्, ती सबै झुठा हुन् ।’ उनले आफुले नेतृत्व गरेको नेकपा छोरी बुहारी, भाई भतिजाको पार्टी नभएको बताउँदै जनताको पार्टी आफु भएको पार्टी मात्र भएको दाबी गरे ।

‘नानी भन्दा नारा ठूलो, मान्छे भन्दा कुरा ठूला’ नेकपा नेता भिम रावल प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अछाममा बाटोमा हिँडिरहेका फुच्चेलाई राजनीतिमा ल्याएँ, अहिले ठूला कुरा गर्ने ?’

प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ३ : २८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज