३ चैत्र २०८२, मंगलबार | March 18, 2026

जेसीआई सिद्धार्थ नेपालमा पौडेल सर्वसम्मत अध्यक्षमा चयन



भैरहवा । जेसी आई सिद्धार्थ नेपालको आगामी एक वर्षे कार्यकालको अध्यक्षमा जीवन पौडेल निर्वाचित भएका छन । जेसी आई सिद्धार्थ नेपालको ४५ औ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट पौडेल अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन ।

अधिवेशनबाट दुई कार्यकारीणी उपाध्यक्ष पदमा युवराज श्रेष्ठ र पंकज यादव, चार उपाध्यक्ष पदमा गणेश शर्मा, देवराज भण्डारी, सागर झा, विष्णु निषाद निर्बिरोध निर्वाचित भएकोे जेसीआई सिद्धार्थ नेपाल पुर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक साजन जंग राणाले जानकारी दिए । जेसीआई सिद्धार्थ नेपालको बिधान अनुसार महासविच, कोषाध्यक्ष र कानुनी सल्लाहकार पदमा भने अध्यक्षले मनोनित गर्ने व्यबस्था रहेको छ ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले जेसीजले लिएको मुलमन्त्र बिधिको शासन स्थापित गर्नको लागि आफू पनि आफ्नो ठाउँबाट लागि परेको बताए ।

सचेतक खानले आफ्नो लक्ष्यमा पुग्नको लागि निरन्तर लागिरहनु पर्ने बताउँदै बिधिको शासन कायम गर्नको लागि जेसीजले आफ्नो अभियानलाई निरन्तर अंगाडी बढाईरहन आग्रह गर्दै त्यसमा आफ्नो साथ र समर्थन सधै रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

सचेतक खानले जेसिजमा जस्तै एक पद एक कार्यकाल राजनितीमा पनि लागु गर्न सके अत्यन्तै सान्दर्भिक हुने बताए । कार्यक्रममा जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष भुवन राणाले आफ्नो कार्यकाल सुरु भए संगै अंगाडी सारिएका योजना कार्यान्वयन कै समयमा कोरोना भाईरस महामारी सुरु भएकोले सोंचेजती काम गर्न नसकिएको बताए ।

अध्यक्ष राणाले कोरोना भाईरस महामारी कै बिच पनि जेसीजले अंगाडी सारेका योजना तथा युवामा नेतृत्व तथा व्यक्तित्व बिकासका कार्यक्रमलाई निरन्तरता दिईएको जानकारी गराए ।

कार्यक्रममा नेपाली काग्रेस सिद्धार्थ नगर सभापति दिलिप धिताल, जेसीआई सिद्धार्थ नेपालका पुर्व अध्यक्ष साजन जंग राणा, कार्यक्रम संयोजक हुमाकान्त भुषाल, लगायतले शुभकामना व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन महासचिव पकज यादवले गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ७ : ३१ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड