१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

सिरसिरे सहकारीद्धारा शेयर सदस्यको परिवारलाई १ लाख १५ हजार बीमा रकम प्रदान



बुटवल । सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले आफनो शेयर सदस्यको दूर्घटनामा परि ज्यान गएकोमा परिवारलाई १ लाख १५ हजार रुपैया बीमा रकम प्रदान गरेको छ ।

सहकारीका शेयर सदस्य ईश्वर बहादुर कार्कीको विसं २०७६ चैत्र ५ गते दुर्घटनामा परि ज्यान गएकोमा सहकारीले गरिदिएको बीमावाट प्राप्त १ लाख र शेयरसदस्यको मृत्यु भएमा सहकारीले उपलब्ध गराउने थप १५ हजार गरि १ लाख १५ हजार रुपैयां शनिवार उनको श्रीमती पुष्पा कार्कीलाई प्रदान गरिएको हो ।

सहकारीको १० औं वार्षिक साधारण सभामा बीमा रकम प्रदान गरिएको सहकारीका अध्यक्ष वाबुराम गौतमले बताए । त्यस्तै असल बचत कर्ताको रुपमा लक्ष्मी प्रसाद गैरे र असल ऋणीको रुपमा ईन्द्र प्रसाद सुवेदी मुकुन्दलाई संस्थाले समान्न गरेकोपनि अध्यक्ष गौतमले जानकारी गराए ।

साधारण सभाले अध्यक्ष बावुराम गौतमको वार्षिक प्रतिवेदन कोषाध्यक्ष गिरीराज पोख्रेलको वार्षिक आय व्ययको प्रतिवेदन,र लेखा समितिका संयोजक विश्वनाथ अधिकारीले प्रस्तुत गरेको सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गरेको सचिव रामकृष्ण शर्माले बताए ।

साधारण सभामा संस्थाका सल्लाहकार प्रेमलाल गैरेले सहकारीले शेयर सदस्यको हितमा काम गर्नु पर्ने र शेयर सदस्यहरुले पनि सहकारीको निगरानी गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष गोविन्द प्रसाद सुवेदीले स्वागत गरेका थिए ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : ३४ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर