३ चैत्र २०८२, मंगलबार | March 18, 2026

सिरसिरे सहकारीद्धारा शेयर सदस्यको परिवारलाई १ लाख १५ हजार बीमा रकम प्रदान



बुटवल । सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले आफनो शेयर सदस्यको दूर्घटनामा परि ज्यान गएकोमा परिवारलाई १ लाख १५ हजार रुपैया बीमा रकम प्रदान गरेको छ ।

सहकारीका शेयर सदस्य ईश्वर बहादुर कार्कीको विसं २०७६ चैत्र ५ गते दुर्घटनामा परि ज्यान गएकोमा सहकारीले गरिदिएको बीमावाट प्राप्त १ लाख र शेयरसदस्यको मृत्यु भएमा सहकारीले उपलब्ध गराउने थप १५ हजार गरि १ लाख १५ हजार रुपैयां शनिवार उनको श्रीमती पुष्पा कार्कीलाई प्रदान गरिएको हो ।

सहकारीको १० औं वार्षिक साधारण सभामा बीमा रकम प्रदान गरिएको सहकारीका अध्यक्ष वाबुराम गौतमले बताए । त्यस्तै असल बचत कर्ताको रुपमा लक्ष्मी प्रसाद गैरे र असल ऋणीको रुपमा ईन्द्र प्रसाद सुवेदी मुकुन्दलाई संस्थाले समान्न गरेकोपनि अध्यक्ष गौतमले जानकारी गराए ।

साधारण सभाले अध्यक्ष बावुराम गौतमको वार्षिक प्रतिवेदन कोषाध्यक्ष गिरीराज पोख्रेलको वार्षिक आय व्ययको प्रतिवेदन,र लेखा समितिका संयोजक विश्वनाथ अधिकारीले प्रस्तुत गरेको सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गरेको सचिव रामकृष्ण शर्माले बताए ।

साधारण सभामा संस्थाका सल्लाहकार प्रेमलाल गैरेले सहकारीले शेयर सदस्यको हितमा काम गर्नु पर्ने र शेयर सदस्यहरुले पनि सहकारीको निगरानी गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष गोविन्द प्रसाद सुवेदीले स्वागत गरेका थिए ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : ३४ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड