२४ बैशाख २०८१, सोमबार | May 6, 2024

डा. पाण्डे र पहाडीको टिप्पणी : प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र प्रतिगमनकारी



काठमाडौं । नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र निन्दनीय भएको टिप्पणी गरेका छन् ।

नागरिक अगुवाद्वय पाण्डे र पहाडीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति पद समेतको दुरुपयोग गर्दै प्रधानमन्त्रीबाट हालै भएको प्रतिनिधिसभा विघटन कार्य अलोकतान्त्रिक र निन्दनीय भएको टिप्पणी गरेका हुन ।

संसद विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षा विरोधी कदम भएको बताएका छन् । उनीहरुले हठात प्रतिनिधिसभाको विघटन र प्रतिगमनको बढ्दो चलखेलले लोकतन्त्र, शान्ति र समृद्धिका पक्षधर समस्त स्वाभिमानी नागरिकहरुलाई चिन्तित तुल्याएको जनाएका छन् ।

प्रतिगमनकारी कार्य तत्काल सच्चाउन माग गर्दै विज्ञप्तीमा भनिएको छ, ‘अमुक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हित विपरित छ, प्रतिगमन कै अंश समेत देखिएको यो कार्य अमान्य छ । यो गलत कदम सच्याउँदै प्रतिनिधिसभा पुनः सुचारु हुने व्यवस्था गर्न हामी आह्वान गर्दछौं ।’

सत्तासिनहरुको कमजोरीका कारण सुषुप्त अवस्थामा रहेका परिवर्तन विरोधीहरुको मनोबल बढ्दै गइरहेको भन्दै उनीहरुले यसको प्रतिवादमा सार्वभौम नागरिकहरु आन्दोलित हुनु स्वभाविक भएको जनाएका छन् ।

 

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १२ : ५३ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र