९ चैत्र २०८२, सोमबार | March 24, 2026

डा. पाण्डे र पहाडीको टिप्पणी : प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र प्रतिगमनकारी



काठमाडौं । नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र निन्दनीय भएको टिप्पणी गरेका छन् ।

नागरिक अगुवाद्वय पाण्डे र पहाडीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति पद समेतको दुरुपयोग गर्दै प्रधानमन्त्रीबाट हालै भएको प्रतिनिधिसभा विघटन कार्य अलोकतान्त्रिक र निन्दनीय भएको टिप्पणी गरेका हुन ।

संसद विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षा विरोधी कदम भएको बताएका छन् । उनीहरुले हठात प्रतिनिधिसभाको विघटन र प्रतिगमनको बढ्दो चलखेलले लोकतन्त्र, शान्ति र समृद्धिका पक्षधर समस्त स्वाभिमानी नागरिकहरुलाई चिन्तित तुल्याएको जनाएका छन् ।

प्रतिगमनकारी कार्य तत्काल सच्चाउन माग गर्दै विज्ञप्तीमा भनिएको छ, ‘अमुक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षा विरोधी र मुलुकको हित विपरित छ, प्रतिगमन कै अंश समेत देखिएको यो कार्य अमान्य छ । यो गलत कदम सच्याउँदै प्रतिनिधिसभा पुनः सुचारु हुने व्यवस्था गर्न हामी आह्वान गर्दछौं ।’

सत्तासिनहरुको कमजोरीका कारण सुषुप्त अवस्थामा रहेका परिवर्तन विरोधीहरुको मनोबल बढ्दै गइरहेको भन्दै उनीहरुले यसको प्रतिवादमा सार्वभौम नागरिकहरु आन्दोलित हुनु स्वभाविक भएको जनाएका छन् ।

 

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १२ : ५३ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११