१ भदौ २०८३, सोमबार | August 17, 2026

पूर्व प्रधानन्यायाधीसहरुलाई प्रधानमन्त्री ओलीले धम्काएको भन्दै प्रचण्ड-नेपाल पक्षले जनायो आपत्ति



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वप्रधानन्यायाधीशहरुले नागरिकको हैसियतमा बोल्दा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्क्याउने काम गरेको ठहर गर्दै प्रधानन्त्रीको पदमा बसेर नागरिकको हैसियतले धारणा राख्ने न्यायाधीसलाई धम्कीपूर्ण भाषा प्रयोग गर्नु आपत्तिको कुरा भएको स्पष्ट पारेको छ ।

बैठकको बिषयमा जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले हरेक नागरिकले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

संसद विघटनबारे पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पूर्व प्रधानन्यायाधीस समूहको नामबाट बिज्ञप्ति जारी गरेको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाएका छन् । आइतबार मात्र राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले अदालतको काममा बाधा गरेको भन्दै प्रधानन्यायाधीसहरुलाई त्यसो नगर्न चेतावनी दिएका थिए ।

बैठकले सरकारी सञ्चार माध्यमहरु एउटा गुटको पर्चा जस्तो भएको भन्दै बिरोध जनाएको छ । प्रवक्ता श्रेष्ठले सरकारी स्रोत साधनको दुरुपयोग गर्न बन्द गर्न आग्रह गरे ।

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ६ : ५६ बजे

आजपनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

विश्वासको मत लिने कार्यसूची प्रकाशित भएसँगै जसपाबाट प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

दाङ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनाराण आचार्यले प्रदेशसभाबाट विश्वासको मत

भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ महारथीको दर्ज्यानी प्रदान

काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठले आज मानार्थ महारथीको

साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी

किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप चार