६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

उत्तर कोरियाका सर्वोच्च नेता किम सत्तारुढ दलको महासचिवमा निर्वाचित



एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन्।

पार्टीको आठौँ अधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जनाएको छ । पार्टीको महासचिवका रुपमा उहाँभन्दा अगाडि उनको बुबा र त्योभन्दा अगाडि हजुरबुवाले नेतृत्व प्रदान गर्दै आएका थिए ।

पार्टीको महाधिवेशन र बैठकले किमलाई महासचिव बनाउने विषयमा सर्वसम्मत निर्णय गरेको समाचारमा जनाइएको छ । उत्तर कोरियाको सर्वोच्च नेता उत्तर कोरियाली सेनाको सर्वोच्च कमाण्डरसमेत रहने व्यवस्था छ । त्यसबाहेक उनी राज्यका अरु पनि धेरै प्रमुख जिम्मेवारीमा रहनु भएको रहेका छन् ।

उनले केही समयपछि पार्टीको अर्को शक्तिशाली जिम्मेवारी आफ्नै बहिनीलाई दिएका थिए । उत्तर कोरियामा उनको परिवारको दबदबा रहेको छ ।
उत्तर कोरियाको वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किमलाई चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिन फिङले बधाई ज्ञापान गरेका छन् ।

उनले सोमबार किमलाई बधाई सन्देश पठाउँदै आगामी कार्यकाल थप प्रभावकारी बनाउन शुभकामना पनि दिएका । उनले महासचिवका रुपमा किमसँगको सहकार्य पनि राम्रो हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : २७ बजे

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही