२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

बाजुरा पुगेर ओली पक्षको नेताले भन्छन् पार्टी फुटेको छैन



बाजुरा । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाले पार्टी नफुटेको बताएका छन् ।

आज नेकपा ओली पक्षले जिल्ला सदरमुकाम मार्तडीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दे अध्यक्ष थापाले पार्टी फुटेको नभई केहि ब्यक्तिले पार्टी फुटाउने कोसिस भएको हुन सक्ने आशंक व्यक्त गरे ।

बाजुरामा पार्टिको स्थापना कालदेखि आफु रहेकाले कसैले बाजुरामा पार्टी फुटाउन नसक्ने दाबी गरे । आफना कार्यकर्तालाई गाउँमा गएर बाजुरामा पार्टी नफुटेको र कसैले पार्टी फुटाउने दुस्साहस गरे पनि त्यो सम्भव नहुने सन्देश दिन नेता थापाले निर्देशन दिए ।

नेता थापाले भने माधव प्रचण्ड पक्षमा रहेका नेकपाका नेता भीम रावलबाट राजनीति सम्भव नभएको बताए । रावल चाकडी गर्ने र सामन्त र पदको लोभि भएको आरोप लगाउँदै थापाले मन्त्री हुन नपाए पछी रावल पार्टी फुटाउने खेलमा लागेको बताए ।
अध्यक्ष थापाले रावल पार्टी एकता भन्दा आफ्नो पद र प्रतिष्ठाका लागि लाग्ने व्यक्ति भएकाले त्यस पक्षमा नलाग्न कार्यकर्तालाई आग्रह गरे ।

देशमा समृद्धी ल्याउनका लागि आगमी निर्वाचनमा समेत बहुमत ल्याएर जनताको हितमा हुने गरी काम गर्न ओली नेतृत्वको नेकपा तयार रहेको अध्यक्ष थापाले ठोकुवा गरे । ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : ११ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन