१ पुस २०८२, मंगलबार | December 16, 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग दर्ता



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोग दर्ता भएको छ ।

डेमोक्र्याटिक पार्टीले दर्ता गरेको महाअभियोग प्रस्तावमा ट्रम्पमाथि गत बुधबार संसदमा आक्रमणलाई प्रोत्साहित गरेको आरोप लगाइएको हो । प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ । उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुन सक्ने बीबीसीले जनाएको छ ।

हाउस अफ रेप्रिजेन्टेटिभ्सका सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन्। आपराधिक गतिविधिको मतियार बनेको भन्दै डेमोक्र्याटहरूले जनवरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्न चाहेका छन् ।

यो प्रक्रिया सफल भएमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिमा आउँछ । तल्लो सदनबाट ट्रम्पमाथि महाभियोग लगाइएमा उनलाई दोषि ठहर्‍याउने या नठहर्‍याउने भन्ने विषय माथिल्लो सदन सिनेटमा प्रस्तुत हुनेछ। ट्रम्पमाथि महाअभियोग लगाइएको यो दोस्रो पटक हो ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : ५० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज