२२ आश्विन २०८३, बिहिबार | October 9, 2026

आगामी निर्वाचनले लोकतन्त्रलाई कमजोर होईन बलियो बनाउने छ : मुख्यमन्त्री पोखरेल



बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम बाध्यात्मक भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले जनताले पाँच बर्षका लागि चुनेको प्रधानमन्त्री छोडेर अर्कै प्रधानमन्त्री बनाउन खोजेकोले निर्वाचनका लागि जनता समक्ष जानु परेको बताए ।

गुलरिया स्थित शिवगंगा आँखा उपचार केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै पोखरेलले चुनावको वेला एउटाको अनुहार देखाएर भोट माग्ने र चुनाव जिती सके पछि अर्को प्रधानमन्त्री हुन खोज्ने खिचातानीले देश अहिलेको अवस्थामा पुगेको बताए । अझै पनि लोकतान्त्रिक संस्कृतिको विकास नभएको भन्दै उनले निर्वाचन पछि लोकतान्त्रिक संस्कृतिको विकास हुने दाबी गरे । आगामी चुनावले लोकतन्त्र खतरामा होईन अझबलियो हुने बताए ।

उनले केन्द्रमा जे जस्तो खिचातानी भएपनि लुम्बिनी प्रदेशमा त्यस्तो नरहेको र सबै मिलेर समृद्ध प्रदेश अभियानमा लागेको मुख्यमन्त्री पोखरेलले दावी गरे । “लुम्बिनी प्रदेशमा अहिले विकासका कार्य तिव्ररुपमा भईरहेका छन् ।” उनले भने, “समृद्ध लुम्बिनीप्रदेशकाहामी सबै मिलेर विकास निर्माणमा लागेका छौ । ”

त्यसैगरी आजै मुख्यमन्त्री पोखरेलले नेकपा ओलीपक्षीय पार्टी कार्यकर्ताको बर्दिया जिल्ला भेलालाई सम्बोधन गरेका थिए । सो भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कार्यकर्तालाई चुनावको तयारीमा जुट्न आव्हान गरेका थिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ०५ बजे

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि