२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ हजार ४०९ जनाको मृत्यु



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमणका कारण १५ हजार ४०९ जना संक्रमितको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ३२५ पुगेको छ ।

हालसम्म विश्वभर नौ करोड १९ लाख ७१ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कूल संक्रमितमध्ये ६ करोड ५७ लाख ८२ हजार ७०७ जना उपचारपछि निको भइसकेका छन् । बाँकी दुई करोड ४२ लाख २० हजार ४८८ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । त्यहाँ तीन लाख ८९ हजार ३९८ जनाको मृत्यु भइसकेको छ । गत २४ घण्टामा त्यहाँ थप चार हजार ५८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख चार हजार ७२५ जनाले कोरोनाका कारण मृत्यु भएको छ । कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५१ हजार ५४२ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३४ हजार ३६८, बेलायतमा ८३ हजार २०३, इटलीमा ७९ हजार ८१९, फ्रान्समा ६८ हजार ८०२, स्पेनमा ५२ हजार ६८३, इरानमा ५६ हजार ३६०, अर्जेन्टिनामा ४४ हजार ८४८, कोलम्बियामा ४६ हजार ७८२ तथा रसियामा ६२ हजार ८०२ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : ०१ बजे

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदैं

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान