२० मंसिर २०८२, शनिबार | December 6, 2025

मलेसियामा कोरोना महामारी रोक्न संकटकाल घोषणा



क्वालालम्पुर । कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ । मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन ।

यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ । संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ । र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन । सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन । त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयले ठूलो झट्का दिएको छ ।

‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ । पछिल्लो कोभिड-१९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ। राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

यासिनले यसअघि गत अक्टुबरमा संकटकाल लगाउन सिफारिस गरेपनि तत्कालीन समय राजाले यस कदमलाई अस्विकार गरिदिएका थिए । त्यतिबेला संसद्मा आफ्नो नेतृत्वमाथि आइलागेको चुनौतीबाट भाग्नका लागि यासिनले स्वास्थ संकटको दुरुपयोग गर्न खोजेको आरोप विपक्षीहरुले लगाएका थिए ।

यद्यपी, पछिल्लो समय मलेसियामा दैनिक २ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ । मलेसियामा कुल १ लाख ३८ हजारभन्दा धेरैमा कोरोना संक्रमण छ ।

मलेसियाका पछिल्लोपटक १९६९ मा संकटकाल घोषणा भएको थियो, जतिबेला साम्प्रदायिक दंगाका क्रममा देशको राजधानी शहरमा सयौंको ज्यान गएको थियो । लुटपाट समेत बढेको थियो ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ८ : ४९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय