७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

थारू समुदायमा माघीको चहलपहल सुरू



कैलाली । थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरु भएको छ ।

थारू समुदायको नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन् । रोजगारीका सिलसिलामा घर बाहिर भएकाहरु घर फर्किएकाले गाउँघरको वातावरण नै रमाइलो भएको छ ।

माघलाई विभिन्न ठाउँका थारू समुदायले आ-आफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । केही वर्ष पहिले थारू समुदायका अधिकांश छोरीहरु कमलरी थिए । उनीहरु माघका दिनमात्रै छुट्टी पाउँथे त्यसैले यसलाई मुक्ति दिवसका रुपमा पनि मनाइन्छ ।

माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम शुरु भएको घोराही-७ वेसाहीका अनुपमा चौधरी बताउँछन् । उनका अनुसार ढिक्री, रोटी, माछा र घोङीको परिकार बनाउँदैछौँ, माघीको सम्पूर्ण तयारी पूरा भएको छ ।

यसपालि कोरोनाका कारण नाचगानको कार्यक्रम छैन तर खानाको परिकार बनाउन भ्याइनभ्याइ छ । कामको सिलसिलामा घरदेखि टाढा भएका दाजुभाइ, दिदीबहिनी घरमा आउनेको सङ्ख्या बढेको छ । गाउँमा छुट्टै चहलपहल र भेटघाट भएकाले रमाइलो छ । वेसाही गाउँ थारू समुदायको बाक्लो वस्ती भएको ठाउँ हो, घरको काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबुवा, दाजुभाइ, दिदीबहिनी जुटेका छन् ।

थारू समुदायले माघमै आफ्नो मुखिया चुन्ने, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरूपमा लिइँदै आएको थारू अगुवा पूर्ण चौधरी बताउँछन् । “वर्षभरिका लागि योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि महत्वपूर्ण छ, माघमा प्रत्येक वर्ष नाचगान हुने घोराही-१७ कर्जाही गाउँमा यो वर्ष नाचगानको तयारी भने छैन”, उनी भन्छन्, “पुसको २५ देखि माघको ५ गतेसम्म मघौटा नाच हुने गर्दथ्यो ।”

सधैँ काममा व्यस्त रहने थारू समुदाय माघको समयमा फुसर्दिला हुने र खानपिन गरेर आफ्ना साथीसङ्गीसँग रमाइलो गर्ने गर्दछन् । अन्नपात भित्र्याएर भकारीभरि धान राखेर आनन्दसँग माघ मनाउने गरेको चौधरी बताउँछन । थारू कल्याणकारी सभा दाङका सभापति भुवन चौधरीले थारूहरुको महान् पर्वलाई मानिसले माघी भन्ने गरे पनि वास्तवमा यो पर्व (माघ) भएको बताए ।

विषेश पर्व भएका कारण यसको थारू समुदायमा धेरै महत्व छ । यस वर्ष कोरोनाका कारण भेला, नाचगान, सभा गर्ने कार्यक्रम नभएको उनले बताए । उनका अनुसार अघिल्ला वर्षमा नाचको प्रतियोगिता हुने विभिन्न जिल्लाबाट थारू समुदायका मानिसलाई भेला गराउने गर्थ्यौ यसपालि ठूलो कार्यक्रम छैन । परम्परा जोगाउन गाउँघरमा भेला हुने, संस्कार र संकृतिका बारेमा छलफल गर्ने कार्यक्रम रहेको सभापति चौधरीले जानकारी दिए ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारू समुदायको नयाँ वर्ष र महान् पर्व माघलाई आपसी मेलमिलापको रूपमा मनाउन पर्ने बताए । उनले अनावश्यक भीडभाड नगरी सामान्य तरिकाले चाड मनाउन सम्पूर्ण नागरिकलाई अनुरोध गरेका छन् ।

विगतका वर्षमा स्थानीय सरकारले माघको विशेष कार्यक्रम गरेको भए पनि यस वर्ष कोभिडका कारण कुनै कार्यक्रम भएको छैन । यसैबीच लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ति पर्वको अवसरमा माघ १ र २ गते प्रदेशभरि सार्वजनिक बिदा दिने भएको छ । रासस

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ९ : ३९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल