४ चैत्र २०८२, बुधबार | March 18, 2026

स्वास्थ्य सुरक्षालाई ख्याल गरेर आफ्नै घरमा माघे सङ्क्रान्ति मनाउनु : उपराष्ट्रपति पुन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् ।

उनले भने, “संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ । आफ्नो सात दशक लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्दछ ।”

‘मगर, थारु र छन्त्याललगायतका आदिवासी जनजाति समुदायको सांस्कृतिक चाड एवं नेपालीको महत्वपूर्ण चाड माघेसङ्क्रान्ति/माघेसङ्क्रान्ति/माघी पर्व-२०७७ को अवसरमा मगर, थारु र छन्त्याल समुदायलाई शुभकामना दिँदै उपराष्ट्रपतिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको स्मरण गरेका छन् ।

नेपालका हरेक समुदायका आआफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र धार्मिक एवं सांस्कृतिक चाड छन् । हाम्रो देश सामाजिक सद्भाव र सौहार्दताका लागि विश्वकै नमूना राष्ट्र रहेको उपराष्ट्रपतिको भनाइ छ ।

विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाड नेपालीका साझा चाडपर्व भएकामा जोड दिँदै उपराष्ट्रपतिले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गर्ने विश्वास व्यक्त गरेका छन् ।

यस्ता पर्वले पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको यो पर्व यस वर्ष विश्वव्यापी कोभिड-१९ का कारण विगत वर्षजस्तो सामूहिक जमघट गरेर हर्षोल्लासका साथ मनाउन नपाउने भएकाले स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सबै नेपालीले आआफ्नो घरमा हर्षका साथ मनाउने विश्वास उपराष्ट्रपतिको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ७ : ३९ बजे

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना