१२ बैशाख २०८१, बुधबार | April 24, 2024

व्यावसायीक तिलोत्तमा क्रिकेट एकेडेमी शुभारम्भ



बुटवल । तिलोत्तमा क्रिकेट एकेडेमी नेपाल प्रालिले सुविधासम्पन्न व्यावसायीक एकेडेमी शुभारम्भ गरेको छ ।

विहिबार एक कार्यक्रमका बिच रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाले ब्याटिङ र नेपालका अन्तराष्ट्रिय खेलाडी शक्ति गौचनले बलिङ गर्दै एकेडेमीको उद्घाटन गरेका छन ।

तिलोत्तमा क्रिकेट एकेडेमीका अध्यक्ष दिपक शर्मा भ्रुतेल र निर्माण क्षेत्रसंगै खेलमा आवद्ध रहेको कृष्ण भुषालको संयुक्त लगानीमा एकेडेमी संचालनमा ल्याएका हुन ।

संचालक कृष्ण भुषालले क्रिकेट खेलको नया खेलाडी उत्पादन र ब्यवसायिकता ल्याउन लगानी गरेको बताए । तिलोत्तमा नगरपालिका वडा नं ५ मा रहेको ७ कठ्ठा क्षेत्रफलमा पुर्वाधार निर्माण गरिएको छ ।

दुई वटा सिमेन्ट र एउटा टर्फ गरि ३ वटा पिच तयार गरिएको छ । लिजमा रहेको जग्गामा करीब ३० लाख रुपैया खर्च गरेर पुर्वाधार निर्माण भएको उनले बताए ।

बिहान साझ गरि शुरुवातमा पहिलो चरणमा ५० जनालाई तालिम दिईने प्रमुख प्रशिक्षक शंकर रानाले बताए ।

एकेडेमीमा प्रमुख प्रशिक्षक शंकर राना, सहायक प्रशिक्षक घनश्याम थारुले खेलाडीहरुलाई प्रशिक्षण दिने छन ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ३ : २२ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल