१५ असार २०८३, सोमबार | June 29, 2026

ओली धेरै अटेरी निस्किए, मुलुकले अब उनको भार बोक्न सक्दैन : माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले मुलुकले केपी शर्मा ओलीको भार धेरै बोक्न नसक्ने बताएका छन् ।

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको ‘प्रतिनिधि सभा विघटनको प्रतिगामी कदम र संवैधानिक व्याख्या’ विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष नेपालले ओलीका बारम्बारका असंवैधानिक गतिविधिका कारण मुलुकले धेरै सकस ब्यहोर्नुपरेको बताएका हुन् । नेपालले ओलीको बोझ देशले धेरै बोक्न नसक्ने बताउँदै अब ओलीले विश्राम लिनुपर्ने जनाए ।

अध्यक्ष नेपालले ओलीका हरेक कुरामा हस् हजुर नभनी आफूहरुले छलफलको माग गर्दा उनले संवैधानिक संकट निम्त्याएको जिकिर गरे । उनले आफूहरुको अपराध भनेकै पार्टीभित्र छलफलको माग गर्नु रहेको बताए।

‘‘नीतिगत विषयमा, राष्ट्रिय सरोकारका विषयमा, जनसरोकारका विषयमा, सुशासन र सरकारको प्रभावकारिताका विषयमा, जनविश्वास आर्जन गर्न चाहिने कदमहरुका विषयमा छलफल गर्नुपर्‍यो, हाम्रो अपराध भनेको छलफलको माग गर्नु हो’ अध्यक्ष नेपालले भने, ‘तर उनी झन अटेरी भएर निस्किए ।

नेपालले प्रधानमन्त्री ओलीलाई विश्राम लिन सुझाए पनि अटेरी भएकै कारण थप कारबाही गर्नुपर्ने अवस्था आएको दाबी गरे । ओलीलाई पार्टी अध्यक्षबाट मात्रै हटाएको केन्द्रीय सदस्य कायमै रहेको जनाउँदै नेपालले उनले थप गलत काम गर्दै हिँडे थप कारवाही गर्नुपर्ने अवस्था आउने जनाए । उनले भने, ‘अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ । स्थायी कमिटी बैठकले गम्भीर समीक्षा गरेर केही निर्णय गर्नेछ ।’

नेपालले केपी ओली नेकपाका अध्यक्ष नरहेको दाबी गरे । ओली अहिले एउटा गुटको मात्रै नेता भएको जनाए । नेपालले आफु र प्रचण्ड भएको पार्टी नै आधिकारिक पार्टी भएको दाबी गरे । उनले भने, म र प्रचण्ड कमरेड भएको पार्टी नै आधिकारिक हो । हामीले अहिलेदेखि नै सहमतिअनुसार आलोपालो बैठकको अध्यक्षता गर्न थालीसकेका छौं । हाम्रो विचार, सोच र चिन्तन मिलेको छ । त्यसैले हामी अहिले पार्टी निर्माण गर्ने अभियानमा अघि बढेका छौं । जबज आफैले छोडेका ओलीले अहिले कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गर्दै हुनुहुन्छ । अहिले हामीले समाजवाद उन्मुख जनताको जनवादलाई अघि बढाइरहेका छौं । ओलीले बाटोमा कोही फेला पर्‍यो कि समातेर केन्द्रिय सदस्य बनाउने काम गरेका छन् । सूर्य चुनाव चिन्ह र पार्टीको नाम अन्त कतै जाँदैन ।

 

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ५ : ३० बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै