१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आज, सीमा मुद्दा उठाउने नेपालको तयारी, प्रवेशै नगर्ने मुडमा भारत



काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज नेपाल भारत नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिँदैछन् ।

बिहान ११ बजे हैदरावाद हाउसमा बस्ने आयोगको छैटौं बैठकमा तीन दर्जनभन्दा बढी एजेन्डामा छलफल गर्ने तयारी छ । बैठकमा नेपाली प्रतिनिधिमण्डको नेतृत्व मन्त्री ज्ञवाली र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्दैछन् ।

बैठकमा नेपालले सीमा समस्या लगायत सबै विषयमा छलफल गर्ने जनाएको छ । तर, भारतले भने यो बैठकमा सीमाको विषयमा छलफल नहुने बताइसकेको छ । नेपालमा आफु अनुकुल राजनीतिक वातावरण बनेपछि हौसिएको भारतले नेपालको इच्छाअनुसारको मख्य एजेण्डामा प्रवेशै नगर्ने रणनीति बनाएको छ । यसको प्रष्ट संकेत भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइसकेका छन् ।

यद्यपी, द्विपक्षीय संयन्त्रमध्ये आयोग सबैभन्दा माथिल्लो तहको भएका कारण सीमाको मुद्दालाई नेपालले उठाउने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । सन् २०१९ को नोभेम्बरमा भारतले नेपाली भूमिलाई समेटेर नयाँ नक्शा जारी गरेपछि उत्पन्न गतिरोधमा छलफलै हुन सकेको छैन । नेपालले बारम्बार सीमा बारे छलफल गर्न पत्राचार गरेपनि भारतले त्यसलाई अस्वीकार गर्दै आएको छ । नेपालको भूमि अतिक्रमित गरेको भारतले भूमि फिर्ताका लागि हुने छलफलमा बस्न नचाहेर नेपालमाथि थप हेपाहा प्रवृति देखाइरहेको बुझ्न सकिन्छ ।

मुख्य विषयमा असहमतिबाहेक कोरोना भाइरस विरुद्धको सहकार्यमा भने दुई मुलुकबीच सहमति हुनेछ । भारतमा उत्पादन भएका कोरोना खोपलाई नेपालमा ल्याउने विषयमा दुबै मुलुक सहमत हुनेछन् । आयोगको बैठकअघि हैदरावाद हाउसमै हुने ज्ञवाली र जयशंकरबीच भेटपछि भारतले कोभिड–१९ विरुद्धको खोपको अनुदानको ‘सरप्राइज’ घोषणा गर्ने सम्भावना रहको बताइएको छ । यसबाहेक बैठकमा बैठकमा ऊर्जा, सीमा सुरक्षा, यातायात, रेललगायत पूर्वाधारका विशेषमा पनि विस्तृत रूपमा छलफल हुनेछ ।

यसबाहेक नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले प्रतिनिधि सभा विघटन गरेपछि पार्टीमा आएको फुट र त्यसले निम्त्याएको राजनीतिक अस्थिरता भारतीय इच्छाअनुसार भएको छ । भारतका लागि नेपालमाथि दबाब बढाउने यो भन्दा अनुकुल समय अर्को हुनैसक्दैनथ्यो । त्यसैले परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगदेखि ज्ञवालीले गर्ने उच्च राजनीतिक भेटमा भारतीय पक्षले आफ्ना अफिसरहरुको काठमाडौं भ्रमणको समयमा  नेपाल सरकारद्वारा गरिएका वाचा र प्रतिवद्धताको पालना गर्न दबाब बढाउने छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहसँग हुने भेटमा भारतले विशेष चासोका साथ नेपालको आन्तरिक राजनीतिक मामिलामा प्रवेश गर्नेछन् । यद्यपी, परराष्ट्रमन्त्री ज्ञवालीले भने विदेशी भूमिमा देशभित्रको आन्तरिक राजनीतिक विषयमा छलफल नगर्ने बताएका छन् । उनले सार्वजनिक रुपमा बताएको कुरा विवरण सार्वजनिक हुन नपर्ने भेटघाटमा नहोला भन्नेमा आश मान्न सकिने अवस्था छैन ।

बिहीबार नयाँ दिल्ली पुगेका मन्त्री ज्ञवालीले हिजो नेपाली दूतावासका अधिकारी र केही प्रवासी नेपालीसँग भेट गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : ०० बजे

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई