४ श्रावण २०८२, आइतबार | July 20, 2025

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री डा राणा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच आज सो भेटवार्ता भएको हो ।

उक्त भेटका क्रममा उनीहरुबीच नेपाल भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देश बीचका साझा चासोहरु र आपसी हितकासाथै पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो । त्यस भेटका क्रममा मन्त्री डा राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताएकी थिइन ।

नेपाल र भारतबीचका पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमणहरुको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिका बारेमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ८ : ३९ बजे

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ

दाउन्ने सडकखण्ड एक वर्षमै ६३ पटक बन्द

नवलपरासी । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले