१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

झुक्किएर पनि यी काम गर्दा कहिले पनि निर्वस्त्र नहुनुहोस



एजेन्सी । विष्णु पुराणमा मानिसको कल्याणका लागि निर्वस्त्र भएर गर्न नहुने कामको बारेमा बताइएको छ । हिन्दू धर्मग्रन्थमा यस्ता धेरै नियम बनाइएका छन् । तर आज हामी तपाईलाई निर्वस्त्र भएर गर्नै नहुने ४ कामको बारेमा जानकारी दिदैछौँ ।

स्नान गर्दा : विष्णु पुराणका अनुसार कहिल्यै पनि निर्वस्त्र भएर स्नान गर्नु हुँदैन । स्नान गरेको समयमा एउटा केही न केही कपडा अवश्य लगाउनु पर्दछ । भगवान श्रीकृष्णले पनि आफ्ना गोपीहरूलाई त्यहि सल्लाह दिएका थिए । विष्णु पुराणका अनुसार निर्वस्त्र स्नान गर्नु भनेको भगवानको अपमान गर्नु बराबर हो ।

सुत्दा : विष्णु पुराणका अनुसार निर्वस्त्र भएर कहिल्यै सुत्नु हुँदैन । यस्तो गर्दा चन्द्र देव रिसाउँछन् भन्ने मान्यता रहेको छ । साथै पितृगण रातिको समयमा आफ्ना नातेदारलाई हेर्न आउँछन् । यस्तो अवस्था देखेपछि पितृको आत्मा अत्याधिक दुख्छ । त्यस्तो अवस्थाले पितृले आशिर्वाद नदिइकनै फर्किन्छन् । साथै रातमा नाङ्गो भएर सुत्दा नकारात्मक शक्ति पनि हाबी हुन सक्छ ।

आचमन गर्दा : हामी आचमन गर्ने बेलामा कहिल्य निर्वस्त्र भएर गर्नु हुँदैन । यस्तो गर्नु विधि विरुद्ध हुने गर्दछ । आचमनको बेला आन्तरिक शुद्धि हुन्छ । शुद्ध मनले गरिएको पूजालाई नै शुभ मानिएको छ । तर निर्वस्त्र भएर आचमन गर्दा मन अशुद्धि हुन्छ । त्यसैले निर्वस्त्र भएर आचमन गर्नु हुँदैन ।

पूजामा बस्दा : धेरै जसो मानिसहरु विहान निर्वस्त्र भएर नै पूजा गर्न बस्दछन् । किनभने उनीहरु सोच्छन्, कपडा अशुद्ध हुन्छन् । तर निर्वस्त्र भएर पूजा गरेको फल कहिल्यै मिल्दैन । बरु पापको भागिदार बनाउँछ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ६ : ३० बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो