२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

निर्वाचन आयोगबाट दलहरुसँग छलफल, माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव



काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गर्दै आगामी बैशाख १७ र २७ गते नयाँ निर्वाचन तोकेपछि निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गरेको छ ।

आइतबार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले गरिरहेको आन्तरिक तयारीको सम्बन्धमा छलफल गरेको हो ।

आयोगले छलफलको क्रममा माग १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । मतदाता नामावलीमा कुनै त्रुटी भए १६ र १७ गते सच्चाउन निवेदन दिने गरी पहिलो कार्यतालिकामा सहमति जनाउन दलहरुलाई आग्रह गरेको छ ।

छलफलमा आयोगले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको बारेमा नेताहरुलाई जानकारी गराई राय, परामर्श लिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका क्रममा आयोगले निर्वाचन कार्यक्रममा सहभागी हुन राजनीतिक दलको तर्फबाट आम नागरिकलाई सुसुचित गराईदिन पनि आग्रह गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड–नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले भनेजस्तो निर्वाचन तयारीमा आफुहरु नलाग्ने बताएका छन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन आफुहरुले निर्वाचन आयोगमा आग्रह गरेको जनाउँदै पाण्डेले वैशाखमा निर्वाचन आयोगले निर्वाचन गर्न नसक्ने बताए ।

नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगको निर्वाचन कार्यक्रमको तयारीको पक्षमा आफुहरु रहेको बताए । निर्वाचन आयोगले कुनैपनि समय निर्वाचन गराउन तयार रहनुपर्ने भन्दै ढुंगानाले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरे त्यसलाई स्वीकार गर्ने तथा निर्वाचन भए निर्वाचनमा जानको लागि नेपाली कांग्रेस तयार रहेको बताए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ४ : १६ बजे

एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका आचार्य विजयी

घोराही । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति

सङ्खुवासभामा मतगणनाका सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार