२९ चैत्र २०८२, आइतबार | April 12, 2026

निर्वाचनका लागि कम्तिमा ८ अर्ब खर्च लाग्ने अनुमान



काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाखमा हुने भनिएको निर्वाचन सम्पन्न गर्न कम्तिमा आठ अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।

निर्वाचन खर्चबारे आयोगले आइतबार अर्थसचिवसँग गरेको छलफलका क्रममा कम्तिमा आठ अर्ब खर्च लाग्ने अनुमान निकालिएो हो ।

खर्चबारे अहिलेसम्म टुंगो नलागे पनि यसै हप्ताभित्र आंकलन टुंग्याएर अर्थमन्त्रालयलाई औपचारिक पत्र पठाउने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई बहुमत प्राप्तिका लागि प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाखा १७ र २७ गते निर्वाचन मितिको घोषणा गरेकी थिइन ।

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । तर, निर्वाचन आयोगले भने निर्वाचन मिति घोषणा भएपछि आफ्नो सक्रियता बढाएको छ ।

आयोगले आइतबार राजनीतिक दलहरुसँग मतदाता नामावली, मतदान केन्द्र र स्थल लगायतका विषयमा छलफल गरेको थियो । आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशनका लागि प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : ४७ बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय