२९ चैत्र २०८२, आइतबार | April 12, 2026

ओलीलाई ३ दिने स्पष्टीकरण पत्र बुझाउन प्रचण्ड-नेपाल पक्षका नेता बालुवाटारमा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।

गत शुक्रबार बसेको प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै ओलीलाई साधारणसदस्य समेत नरहने गरी कारवाही गर्न स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार तयार पारिएको पत्र बोकेर स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र कार्यालय सचिव श्रीराम ढकालले सोमबार बालुवाटार पुगेर गेटमा पत्र बुझाएका छन् । पत्रमा ओलीलाई कारवाही गर्नुपर्नाको कारण सोधिएको छ ।

नेताद्वय पाण्डे र ढकाल पत्र बुझाउन पुगेपछि सुरक्षाकर्मीले सचिवालयलाई खबर गरेका थिए । भित्रबाट पत्र बुझ्न भनेपछि मात्र गेटका सुरक्षाकर्मीले पत्र बुझेका थिए ।

प्रधानमन्त्री ओलीले गत पुष ५ गते पार्टीको निर्णय विना प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा सोही दिनदेखि विभाजन आएको थियो । त्यसपछि एक पक्षको नेतृत्व प्रचण्ड र माधव नेपालले गरिरहेका छन् भने अर्को पक्षको नेतृत्व ओलीले गरेका छन् ।

साविकको नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रचण्ड नेपालको पक्षमा २९७ जना केन्द्रीय सदस्यहरु रहेका छन् । ओलीले भने पुष ७ गते विधान संशोधन गर्दै १५ सय बढीको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी) बनाएका छन् ।

नेकपाको वैधानिकताको कानूनी विवाद निर्वाचन आयोगमा पुगेर अड्किएको छ ।

 

 

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : ०१ बजे

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु