२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

ओलीलाई ३ दिने स्पष्टीकरण पत्र बुझाउन प्रचण्ड-नेपाल पक्षका नेता बालुवाटारमा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।

गत शुक्रबार बसेको प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै ओलीलाई साधारणसदस्य समेत नरहने गरी कारवाही गर्न स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार तयार पारिएको पत्र बोकेर स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र कार्यालय सचिव श्रीराम ढकालले सोमबार बालुवाटार पुगेर गेटमा पत्र बुझाएका छन् । पत्रमा ओलीलाई कारवाही गर्नुपर्नाको कारण सोधिएको छ ।

नेताद्वय पाण्डे र ढकाल पत्र बुझाउन पुगेपछि सुरक्षाकर्मीले सचिवालयलाई खबर गरेका थिए । भित्रबाट पत्र बुझ्न भनेपछि मात्र गेटका सुरक्षाकर्मीले पत्र बुझेका थिए ।

प्रधानमन्त्री ओलीले गत पुष ५ गते पार्टीको निर्णय विना प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा सोही दिनदेखि विभाजन आएको थियो । त्यसपछि एक पक्षको नेतृत्व प्रचण्ड र माधव नेपालले गरिरहेका छन् भने अर्को पक्षको नेतृत्व ओलीले गरेका छन् ।

साविकको नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रचण्ड नेपालको पक्षमा २९७ जना केन्द्रीय सदस्यहरु रहेका छन् । ओलीले भने पुष ७ गते विधान संशोधन गर्दै १५ सय बढीको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी) बनाएका छन् ।

नेकपाको वैधानिकताको कानूनी विवाद निर्वाचन आयोगमा पुगेर अड्किएको छ ।

 

 

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : ०१ बजे

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि