६ श्रावण २०८३, बुधबार | July 22, 2026

काठमाडौमा फेरि मृत अवस्थामा दम्पत्तीको शव भेटियो



काठमाडौं । गत २५ पुसमा काठमाडौंको टोखामा एक दम्पत्ती मृत भेटिएको दुई साता नवित्दै ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा अर्का एक दम्पत्ती मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका हुन्।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख [एसएसपी] किरण बज्राचार्यले दम्पती मृत भेटिएको र अहिले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताइन्।

उनले कोठाभित्र स्लफर नामको विषादीको बट्टासमेत फेला परेका कारण आत्महत्या गरेका हुनसक्ने भन्दै अनुसन्धान सोही दिशामा केन्द्रित गरेको बताइन्।

गतवर्ष फागुनमा विवाह गरेका सागर र निर्मलाको शव बन्द कोठाभित्र भेटिएको हो। पोखरेल भेटेनरी सामानका सप्लायरको काम गर्दै आएको प्रहरीले जनाएको छ।

यस अघि पुस महिनामा पनि काठमाडौंको टोखामा उमेश केसी र उनकी श्रीमती सुदिक्षा गिरी मृत भेटिएका थिए । हालसम्मको अनुसन्धानले सुदिक्षाले उमेशको हत्यापछि आत्महत्या गरेको देखाएको छ । उपत्यकामा फेरि एक दम्पती घरभित्रै मृत भेटिएका छन्।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  २ : ३६ बजे

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय