२१ बैशाख २०८३, सोमबार | May 4, 2026

ढुवानी व्यवसायीको ७ औं अधिवेशन सम्पन्न, हमालको नेतृत्वमा नया समिति सर्वसम्मत चयन



बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीको १५ औं बार्षिक साधारणसभा तथा ७ औं अधिवेशन नया नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले श्यामराज हमालको अध्यक्षतामा नया समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा अनिल श्रेष्ठ, प्रथम उपाध्यक्षमा रामकाजी केसी, द्वितिय उपाध्यक्षमा ज्ञानेन्द्र प्रसाद श्रेष्ठ, महासचिवमा रामप्रसाद गैरे(विष्णु), सचिवमा गोविन्द श्रेष्ठ तथा कोषाध्यक्षमा शंकर लम्साल चयन भएका छन । यसैगरि सदस्यहरुमा माधव प्रसाद आर्चाय, उज्वल केसी, रामनारायण ठाकुर र कमलराज ढुंगाना निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता केशवराज पोखरेलले जानकारी दिए ।

नव निर्वाचित कार्यसमितिको बसेको पहिलो बैठकले समितिको सल्लाहाकार र सदस्यहरु मनोनिनत गरेको छ । महासचिव रामप्रसाद गैरेका अनुसार बैठकले सल्लाहाकारमा माधव नेपाल, लोकराज पोखरेल, रामकृष्ण लोहनी र जीतबहादुर भाटलाई चयन गरेको छ भने विकास आचार्यलाई मानोनित कार्यसमिति सदस्य बनाएको छ ।

नवनिर्वाचित अध्यक्ष श्यामराज हमालले आफुले संस्था र व्यवसायीहरुको हितमा इमान्दार भई काम गर्ने प्रतिवद्धता जनाएका छन ।
यस अधि साधारणसभा तथा अधिवेशनको समितिका संस्थापन अध्यक्ष हुतासन रेग्मीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि रेग्मीले ढुवानी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन व्यवसायीहरुको एकतामा जोड दिएका थिए । उनले ढुवानी व्यवसायलाई राज्यले अन्य व्यवसायसंग जोडेर हेरिदिदा हाम्रा समस्याहरु ओझेलमा परेको हुदा त्यसलाई चिर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष तथा ढुवानी समितिका सल्लाहाकार लोकराज पोखरेलले ढुवानी सेवामा सरकारले लगाएको भ्याट खारेज गर्न आग्रह गर्दै ढुवानी व्यवसायलाई संसक्त बनाउन जरुरी रहेको बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जितबहादुर भाटले ट्रक व्यवसायी र ढुवानी व्यवसायी एकअर्काका परिपुरक रहेका कारण समस्या समाधान गर्न एक भएर अगाडी बढ्नु पर्ने धारणा राखे ।

समितिका निर्वतमान अध्यक्ष माधव नेपालले व्यवसायी व्यवसायीहरुवीचको अस्वस्थ प्रतिस्पर्धाले सबैभन्दाबढी हामीलाई नै नोक्शान गरेको तर्फ सचेत बन्न सबै व्यवसायीहरुलाइृ आग्रह गर्दै विगतका कामहरुलाई अगाढी बढाउन सुझाव दिए ।

कार्यक्रममा समितिका अध्यक्ष कमल घिमिरेले कोरोना सङ्क्रमणको महामारीले ढुवानी व्यवसायीहरुले व्यहोर्नु परेको आर्थिक नोक्सानमा राज्यकातर्फबाट राहातको ठोस प्याकेज पाउन नसकेको उल्लेख गर्दै आगामी दिनमा दीर्घकालीन योजना तथा रणनीति अघि सारेर जानु जरुरी भएको बताए । व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै व्यवसायिक हकहित संरक्षण गर्न र संस्थालाई सामाजिक उपश्थितिमा दरो बनाउनु जरुरी भएको उल्लेख गरे ।

कार्यक्रममा महासचिव रामप्रसाद गैरेले समितिको मेघा प्रोजेक्टका रुपमा अगाडी सारिएको ट्रान्सर्पोट नगर निमार्ण गर्ने काम अगाडी बढेको बताउदै बुटवल उप-महानगरपालिकासंगको सहकार्यमा व्यवसायीहरुको सक्रियतामा कम्पनी निमार्ण गरि उपमहानगरपालिका वडा नंं १२ मा ट्रन्सपोर्ट नगरको निमार्ण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ३ : ५१ बजे

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट