२० बैशाख २०८१, बिहिबार | May 2, 2024

संसद विघटन राजतन्त्र फर्काउने षडयन्त्रको सुरुवात : प्रचण्ड; ओलीले भत्काउन मात्र जानेका छन् : नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन राजतन्त्र पुनस्र्थापन गर्ने षड्यन्त्रको सुरुवात भएको बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित प्र्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजतन्त्र स्थापनाको प्रयासलाई हर हालतमा रोक्नुपर्ने बताए ।

प्रचण्डले संसद विघटन गर्न ओलीले गरेको सिफारिसमा राजाको भाषा गन्हाएको टिप्पणी गरे । उनले भने, ‘तपाईं हेर्नुहोला, कत्तिको याद गर्नुभएको छ, केपीको त्यो सिफारिसमा राजामहाराजाहरुको दुर्गन्ध ह्वास्सै गन्हाएको छ ।’

कार्यक्रममा नेकपा अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई प्रधानमन्त्रीको पद छोड्न या कामचलाउ भएको स्वीकार गर्नुपर्ने बताए ।
अध्यक्ष नेपालले संसद विघटन गरेपछि संसद नरहने र संसद नरहेपछि प्रधानमन्त्री पनि नरहने भएपनि ओली पदलोलुप भएका कारण उनले पद नछोड्ने टिप्पणी गरे ।

ओलीले सत्तामा पुग्नका लागि प्रचण्ड र आफुलाई भर्याङ बनाएको पनि नेपालले आरोप लगाए । उनले आफु नै एमालेको मुख्य नेतृत्व भएको पनि दाबी समेत ।

ओलीले आफ्नो स्वार्थपूर्तिका लागि पहिला एमालेलाई भत्काएको र अहिले नेकपालाई भत्काएको नेपालको आरोप थियो ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ४ : ५४ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ