१५ असार २०८३, सोमबार | June 30, 2026

संसद विघटन राजतन्त्र फर्काउने षडयन्त्रको सुरुवात : प्रचण्ड; ओलीले भत्काउन मात्र जानेका छन् : नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन राजतन्त्र पुनस्र्थापन गर्ने षड्यन्त्रको सुरुवात भएको बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित प्र्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजतन्त्र स्थापनाको प्रयासलाई हर हालतमा रोक्नुपर्ने बताए ।

प्रचण्डले संसद विघटन गर्न ओलीले गरेको सिफारिसमा राजाको भाषा गन्हाएको टिप्पणी गरे । उनले भने, ‘तपाईं हेर्नुहोला, कत्तिको याद गर्नुभएको छ, केपीको त्यो सिफारिसमा राजामहाराजाहरुको दुर्गन्ध ह्वास्सै गन्हाएको छ ।’

कार्यक्रममा नेकपा अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई प्रधानमन्त्रीको पद छोड्न या कामचलाउ भएको स्वीकार गर्नुपर्ने बताए ।
अध्यक्ष नेपालले संसद विघटन गरेपछि संसद नरहने र संसद नरहेपछि प्रधानमन्त्री पनि नरहने भएपनि ओली पदलोलुप भएका कारण उनले पद नछोड्ने टिप्पणी गरे ।

ओलीले सत्तामा पुग्नका लागि प्रचण्ड र आफुलाई भर्याङ बनाएको पनि नेपालले आरोप लगाए । उनले आफु नै एमालेको मुख्य नेतृत्व भएको पनि दाबी समेत ।

ओलीले आफ्नो स्वार्थपूर्तिका लागि पहिला एमालेलाई भत्काएको र अहिले नेकपालाई भत्काएको नेपालको आरोप थियो ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ४ : ५४ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै