६ बैशाख २०८१, बिहिबार | April 18, 2024

आज नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले शपथ लिँदै



काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदैछन  । शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ ।

अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ। यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ । लगातार दुईपटक निर्वाचित भए केवल स्वागत मात्र हुन्छ। यसपटक डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले आज राति १०:४५ बजे ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन ।

क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ । कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रूपमा गरिन लागेको हो। गत ६ जनवरीमा रिपब्लिकन पार्टीका समर्थकले क्यापिटल हिलमा गरेको हिंसात्मक गतिविधिपछि राष्ट्रपतिको शपथ कार्यक्रम सामान्य ढंगले हुन लागेको अमेरिकन एजेन्सीहरूले जनाएका छन ।

अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ । शपथ कार्यक्रममा हिंसात्मक गतिविधि हुन सक्ने आशंकाका साथ सुरक्षा व्यवस्था कडा बनाइएको एजेन्सीहरूले जनाएका छन ।

राजधानी वासिङ्टनमा १५ हजार विशेष सुरक्षा सैनिक परिचालन भएको छ । साथै, राष्ट्रिय सुरक्षा फोर्सले पनि गस्ती गरिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थक अझै पनि बाइडेनले धाँधली गरी जित निकालेको दाबी गरिरहेका छन । तर, ट्रम्पले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन ।

बाइडेनको शपथमा राष्ट्रपति ट्रम्प सहभागी नहुने भएका छन । २० जनवरीको दिन राष्ट्रपतिको शपथ कार्यक्रममा भाग नलिने अहिलेसम्म अमेरिकामा तीनजना मात्र राष्ट्रपति थिए । ट्रम्प बुधबार क्यापिटल हिलमा नगए उनी शपथ कार्यक्रममा भाग नलिने चौथो राष्ट्रपति बन्नेछन । सन १८०१ मा जोन एडम, १८२९ मा क्विन्स एडम्स तथा १८६९ मा एन्ड्रयु जोनसन शपथ कार्यक्रममा गएका थिएनन ।

गत साता राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘म यो घोषणा गर्छु कि लोकतन्त्रको परम्परा तोड्न पछि पर्दिनँ।’ निर्वाचित राष्ट्रपतिलाई बधाई दिन आफू क्यापिटल हिलमा उपस्थित नहुने उनको भनाइ थियो । तर, उपराष्ट्रपति माइक पेन्स भने कार्यक्रममा सहभागी हुने भएका छन । बाइडेनले पेन्सको निर्णयलाई बहादुरीको संज्ञा दिँदै स्वागत गरेका छन ।

शपथ कार्यक्रममा पूर्वराष्ट्रपतिहरू जर्ज डब्लु बुस तथा उनकी श्रीमती लौरा बुस, बाराक ओबामा र उनकी श्रीमती मिसेल ओबामा तथा विल क्लिन्टन तथा श्रीमती हिलारी क्लिन्टन आउने एजेन्सीहरूले जनाएका छन । यसपटक शपथ कार्यक्रममा भाग लिने सांसदलाई दुईवटा मात्र टिकट दिइएको छ। उनीहरूले आफूसँगै एकजना पाहुनाका रूपमा ल्याउन पाउँछन ।

यस्तो हुनेछ शपथ कार्यक्रम

– चिफ अफ जस्टिस जोन जी रोवर्ट जुनियरले क्यापिटल हिलमा जो बाइडेनलाई राष्ट्रपति पदको शपथ दिलाउनेछन । त्यसपछि बाइडेनले भाषण दिनेछन । उनले मतदातालाई धन्यवाद दिनेछन । यो कार्यक्रमपछि बाइडेनलाई सैनिकहरूले सम्मान गर्नेछन ।

– शपथअघि विश्व चर्चित गायिका लेडी गागाले राष्ट्रिय गान गाउनेछिन । राष्ट्रपतिको शपथ कार्यक्रममा जेनिफर लोपेजको सांस्कृतिक प्रस्तुति रहनेछ । त्यसपछि बाइडेन क्यापिटल हिलदेखि ह्वाइट हाउसको यात्रामा निस्कनेछन । ह्वाइट हाउस र क्यापिटल हिलबीचको दूरी दुई किलोमिटर छ ।

को हुन् बाइडेन

नोभेम्मबर २०, सन् १९४२ मा जन्मिएका जो बाइडेनको पूरा नाम जोसेफ रोबिनेट बाइडेन जुनियर हो । उनी सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति रहेका थिए ।

बाइडेनलाई एक प्रभावशाली वक्ता, कुशल कुटनीतिज्ञ, अनुभवी, कुशल प्रचारकका रूपमा लिइन्छ । उनले कार दुर्घटनामा पत्नी र छोरी गुमाएका थिए । पछि घाइते भएका उनका छोरा पनि सन् २०१५ मा मस्तिष्कमा भएको ट्यूमरका कारण गुमाउन पुगे । बाइडेनले ७८ वर्षको उमेरमा अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा शपथ लिँदैछन ।

को हुन् कमला ह्यारिस

क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी कमला ह्यारिसकी आमा भारतीय मूलकी हुन् भने पिता जमैकाका हुन । उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन ।

५५ वर्षीया कमलाले अमेरिकाको पहिलो अश्वेत महिला उपराष्ट्रपतिको शपथ लिन लागेकी छिन । कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई “एक अमेरिकी” भन्ने गर्छिन ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : ४५ बजे

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम

सुदूरपश्चिममा दीर्घ सोडारीलाई समर्थन गर्न एमाले तयार

धनगढी । सुदूरपश्चिममा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा

समृद्धी सलोन एण्ड एकेडेमीको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर

बुटवल । बुटवलमा विगत ८ वर्षदेखि हेयर डिजाइन तथा सौन्दर्य

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा