११ श्रावण २०८३, सोमबार | July 27, 2026

नेपालगञ्ज भन्सार कार्यालयले ६ महिनामा लक्ष्यभन्दा बढी राजस्व असुल्यो



बाँके । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले ६ महिनामा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ ।

६ महिनामा रु दुई अर्ब ३२ करोड बढी राजस्व असुली गरेको कार्यालय प्रमुख जयबहादुर भण्डारीले बताएका हुन ।

भन्सार कार्यालयको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य रु सात अर्ब ५८ करोड रहेकोमा नौ अर्ब ९० करोड अर्थात् ३० दशमलव ६० प्रतिशत राजस्व असुली गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा १७७ प्रतिशत राजस्व असुली गरेको नेपालगञ्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १३८ प्रतिशत राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए ।

भन्सार कार्यालयको यस वर्ष रु १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजस्व असुली गर्ने लक्ष्य रहेकोमा सजिलै पूरा हुने सङ्केत देखिएको छ । रासस

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ९ : २५ बजे

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय