७ चैत्र २०८२, शनिबार | March 21, 2026

ललितपुरको बालकुमारीमा बिहानै एकजना पुरुष झुण्डिएको अवस्थामा फेला



काठमाडौं । ललिपुरको बालकुमारीमा एक जना पूरुष मृत अवस्थामा फेला परेका छन् ।

बिहीबार बिहान साढे ८ बजेको समयमा ती पुरुष पुलको मुखमा रिलिङमा डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयले उद्दार गर्दा उनको मृत्यु भईसकेको थियो ।

प्रहरीका अनुसार ती व्यक्ति सडक किनारको रेलिङमा झुण्डिएको अवस्थामा फेला महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए ।

स्थानीय बासिन्दाका अनुसार, उनी फोहोर उठाउने काम गर्ने व्यक्ति हुन् । उनलाई स्थानीय बासिन्दा ‘रमाइलो’ नामले चिन्दथे । उनको खास पहिचान भइनसकेको प्रहरीले बताएको छ ।

बिहानभर पुलमा धेरैपटक ओहोर(दोहोर गरेको र उनले डोरीको पासो लगाएर रिलिङमा झुण्डिएको स्थानीय बासिन्दाले देखेर प्रहरीलाई खबर गरेका थिए । सडकमा फ्याँकीएको फोहोर उठाउँदै आएको व्यक्ति झुण्डिएको अवस्थामा भेटिएको डीएसपी बस्नेतले बताए ।

‘प्रहरी घटनास्थलमा पुगेको छ, अनुसन्धान गरिरहेका छौं’, डीएसपी बस्नेतले भने, ‘स्थानीयले रमाइलो नामले चिन्ने ती पुरुष धेरैपटक पुलमा ओहोरदोहोर गरेपछि रेलिङमा झुण्डिएको स्थानीयले हामीलाई जानकारी दिएका छन् ।’

प्रहरीका अनुसार, उनी अत्यधिक मादक पदार्थ सेवन गर्ने र सडकमा फोहोर उठाउने ब्यक्ति हुन् । स्थानीयले केहि महिना पहिले सुधार केन्द्रमा पठाएपनि सुधार केन्द्रबाट निस्केपछि उनीमा सुधार नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १० : ५७ बजे

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल