१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

मध्यपश्चिमाञ्चल विश्वबिद्यालय अन्तर्गतका क्याम्पस प्रमुखहरुले दिए सामुहिक राजिनामा



सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वबिद्यालय अन्तर्गतका क्याम्पस प्रमुखहरुले सामुहिक राजिनामा दिएका छन्। आज उपकुलपतीको कार्यालयमा बसेको बैठकमा विश्वबिधालयका उपकुलपती नन्द बहादुर सिहले क्याम्पस प्रमुखहरूलाई अभद्र ब्यबहार तथा गालीगलौज गरेको र प्राज्ञिक थलोमा उपकुलपतिको व्यबहार आपत्तिजनक भएको भन्दै क्यामपस प्रमुखहरुले सामुहिक रुपमा राजिनामा दिएको बताइएको छ ।

बिगत १३ दिन देखी विश्वबिधालयमा बिधार्थीहरु रिटेक परिक्षाको माग गर्दै आन्दोलन गरिरहेको अबस्थामा विद्यार्थीहरुले गरेको आन्दोलन दबाउन भुमिका नखेलेको भन्दै क्याम्पस प्रमुखहरुलाई बैठकमा अस्लिल गालिगलौज तथा अभद्र ब्यबहार गरिएको भन्दै राजिनामा बुझाएको नाम नबताउने सर्तमा बैठकमा सहभागी क्याम्पस प्रमुखले बताए ।

स्रोतका अनुसार राजिनामा दिनेमा MUSOM सकायका डाइरेक्टर, शिक्षा संकाय प्रमुख, School of Law का डाइरेक्टर , Central Campus of Engineering का क्यामपस प्रमुख, मानबिकी संकायका क्यामपस प्रमुख, व्यबस्थापन संकायका क्यामपस प्रमुख रहेका छन्। राजिनामाका बारे भोलिमात्रै सार्बजनिक गर्ने क्याम्पस प्रमुखहरुले बताएको स्रोतले भन्यो ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ९ : ३४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले