११ श्रावण २०८३, सोमबार | July 27, 2026

विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारको निरन्तरतामा नकारात्मक प्रभाव पार्दैन : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हालै विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधार कार्यक्रमको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताएका छन् ।

प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँगको भर्चुवल मिटिङमा अर्थमन्त्री पौडेलले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनैतिक प्रणालीको एउटा प्रक्रिया भएको र नेपालमा विगतमा पनि मध्यावधि निर्वाचन भएकाले आर्थिक सुधार अवरोध हुन्छ कि भनी चिन्तित नहुन आग्रह गरेका हुन् ।

पौडेलले नेपाल सरकारका आर्थिक र सामाजिक क्षेत्रका नीतिहरु संविधानबाटै निर्देशित भएको उल्लेख गर्दै राजनीतिक विषयमा दलहरुको छुट्टा छुट्टै मत र धारणा भएता पनि नेपालका समग्र आर्थिक तथा सामाजिक विकासमा सिङ्गो राष्ट्र र धारणालाई सरकारले प्रतिनिधित्व गरेको बताए ।

अर्थमन्त्री पौडेलले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रम कुनै व्यक्ति वा दल विशेषको लागि लक्षित नभै नेपालको समग्र आर्थिक विकाससँग सम्बन्धित विषय भएकाले निर्वाचन पछि गठन हुने सरकारले पनि कार्यान्वयन लाई निरन्तरता दिनेमा विश्वस्त हुन आग्रह गरे ।

उनले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रममा उल्लेखित विषयाहरु संरचनागत सुधार, श्रोत व्यवस्थापन, वित्तीय संघीयता तथा वित्तीय सुशासनका लागि निकै महत्वपूर्ण र दीर्घकालीन रुपमा प्रभाव राख्ने प्रकृतिका रहेको बताए ।

कोभिड-१९ को प्रभावको कारण सिर्जना भएको असहज परिस्थितिबाट अर्थतन्त्रलाई जोगाउन सरकारले अंगीकार गरेको आर्थिक पुनरुत्थान तथा रोजगारी सिर्जना सम्बन्धी कार्यक्रमका लागि अझ समसामयिक भएको भन्दै अर्थमन्त्री पौडेलले प्रस्तावित संरचनागत सुधार कार्यक्रमले नेपालको अर्थतन्त्रको सुरक्षाका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको धारणा व्यक्त गरे ।

 

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १० : २० बजे

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय