२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सप्तरीमा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु, ४ घाइते



सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको छ्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कञ्चनरूप-११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश-०२-०१-००१ त ००३२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्याक्टरमा सवार कञ्चनरूप-११ का १६ वर्षीय कृष्ण साह, ट्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिल कुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका-२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् ।

शरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ । ट्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको सप्तरीको रुपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ७ : १६ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म