१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बागमती प्रदेशसभामा अविश्वास प्रस्ताव कार्यबिधिका बिषयमा प्रचण्ड-नेपाल र केपी ओली पक्षबीच विवाद



काठमाडौं । बागमती प्रदेशसभामा पेश भएको मुख्यमन्त्रीका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मत विभाजन प्रक्रियाबारे सत्तारुढ दल नेकपाका प्रचण्ड–नेपाल र केपी ओली पक्षबीच विवाद भएको छ ।

अविश्वासको प्रस्ताव टुंगो लगाउन र मत विभाजन प्रक्रियालाई सहज बनाउन बनाईएको कार्यविधि मस्यौदा समिति भित्रै कार्यविधिका बिषयमा विबाद भएको हो ।

ओली पक्षका सांसदहरू गणेश दुलाल, केशवराज पाण्डे, प्रचण्ड–नपाल पक्षका सांसदहरू राजेन्द्र पाण्डे, कञ्चन खनाल र बुद्धिमान माझीबीच मत विभाजनको प्रक्रियाबारे विवाद भएको हो

बैठकमा सहभागी एक सांसदका अनुसार ओली पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव निर्माण र मतविभाजनको प्रक्रियालाई लिएर बैठक लम्ब्याउन खोजेका छन् भने प्रचण्ड–नेपाल पक्षले तत्काल कार्यविधि टुंग्याउन जरुरी रहेकोतर्फ जोड दिइरहेका छन् । दुई समूहबीच कार्यविधि निर्माण र प्रक्रियाबारे फरक मत भएपछि विवाद सिर्जना भएको हो ।

नौ सदस्यीय कार्यविधि मस्यौदा समितिको बैठकले नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामालाई संयोजक तोकेको छ । लामाले मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको भए पनि कार्यव्यवस्था समितिमा थप छलफल गर्न बाँकी रहेको जानकारी दिए । लामाका अनुसार कार्यव्यवस्था समितिमा संसदीय दलका नेताहरूसँग छलफल गरेर मात्र अविश्वासको प्रस्ताव उपरहुने कारवाही सहितको मत विभाजनको अन्तिम मस्यौदा सभामुखलाई हस्तान्तरण गरिनेछ ।

आगामी प्रदेश सभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिमा मस्यौदा छलफलका लागि उपलब्ध गराइने कार्यविधि समितिको तयारी छ ।

अविश्वासको प्रस्ताव टुंग्याउने प्रक्रियाअन्तर्गत मत विभाजनलाई सहज बनाउन सभामुख श्रेष्ठकै अगुवाइमा नौ सदस्यीय कार्यविधि मस्यौदा निर्माण समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ९ : १३ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी