२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

आजको मौसम : पहाडमा हिमपात, तराईमा हुस्सु र कुहिरो, केही स्थानमा वर्षा हुने संभावना



काठमाडौं । देशका अधिकांश स्थानमा शनिबारको मौसममा आंशिकदेखि सामान्य बदली रहले जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन ।

सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस बाहेक बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन ।

शनिबार राति सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक र दुई स्थानमा शनिबार राति हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको र तराईका भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको उच्च पहाडी भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ०० बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,