८ बैशाख २०८१, शनिबार | April 20, 2024

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित



काठमाडाैं । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ ।

अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन । टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो ।

होबार्टले २० ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रनमात्र बनाउन सक्यो । होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिए । उनले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए ।

लामिछानेले पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा तथा मिचेल मार्सलाई सात रनमा पेभेलियन फर्काए । यसअघिका दुई खेलमा उनी लगातार विकेटविहीन बनेका थिए ।

उनले बिग बासमा हालसम्म छ खेलमा छ विकेट लिएका छन । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २३ अङ्‍क जोड्दै लिगको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ३३ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले