१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बैशाखमा निर्वाचन हुन सक्दैन : महामन्त्री कोइराला



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले यतिबेलाको पहिलो प्राथमिकता संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।

कञ्चनपुर सदरमुकामा महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालालले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा भंग गरेको हुँदा पहिलो प्राथमिकता संसद पुनर्स्थापना गर्नुपर्नेमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

यससम्बन्धी मुद्दा अदालतमा रहेको बताउँदै कोइरालले अदालतले समेत संविधान अनुसार निर्णय गर्ने र अदालतको निर्णय काँग्रेसलाई मान्य हुने बताए ।

महामन्त्री कोइरालले आगामी बैशाखमा निर्वाचन हुन नसक्ने स्पष्ट पारे । कोइरालले देशको राजनीतिक अवस्था अस्थिर बन्दै गएका कारण बैशाखमा निर्वाचन हुने संभावना नरहेको जिकिर गरे ।

उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोग नेकपाकै विवाद र चुनाव चिन्हमा अल्झिएका कारण पनि बैशाखमा निर्वाचन हुने संभावना नरहेको स्पष्ट पारे ।

कोइरालले पार्टीमा क्रियाशील सदस्यताको नामावली संकलन गर्न नसकेको बताए । देशको राजनीतिक परिस्थितिका कारण पार्टीको आन्तरिक गतिविधिमा समेत प्रभावित पारेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १२ : ३३ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण